Madhes Khabar
स्थानिय हेडलाइन

जथाभावी पार्किङ र फुटपाथ अतिक्रमण हटाउँदै वीरगन्ज महानगर

मधेसखबर
वीरगन्ज,१० पुस: वीरगन्ज महानगरपालिकाले रजत जयन्ति चोकदेखि बाइपास सडक क्षेत्रमा सडक पेटीमा राखेका निर्माण सामग्री तथा संरचना हटाएको छ ।

आइतबार बिहान महानगरका मेयर राजेशमान सिंह आफैँ उपस्थित भएर सडक पेटीमा राखिएका निर्माण सामग्री हटाउनुका साथै सडक पेटी अतिक्रमण गरी बनाइएका संरचना हटाउन लगाएका हुन् ।

सडक छेउ, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा तथा सवारी पार्किङ गर्दा पैदल हिँड्न समस्या हुनुका साथै सवारी दुर्घटनासमेत हुन सक्ने जाेखिम देखिएकाले महानगरले त्यसलाई हटाउन अहिले दैनिक अभियान नै चलाईरहेको छ ।
अव्यवस्थित पार्किङ हटाउन महानगरले बजार क्षेत्रको विभिन्न स्थानमा निश्चित पार्किङको व्यवस्था मिलाइसकेको छ । फलफुल बजार र ठेला व्यवसायलाई पनि व्यवस्थित गर्न महानगरले काम अघि बढाएको छ ।

फुटपाथ अतिक्रमण गरेर राखेको बालुवा गिटी जन्य निर्माण सामग्री तथा अतिक्रमण गरेर बनाइएका संरचनाले बजार कुरुप देखिने गरेको थियो । वीरगन्ज शहरलाई हराभरा र सुन्दर बनाउन पनि अभियान चलाउनु परेको महानगरका सरसफाई तथा बृक्षारोपण संयोजक जयप्रकाश खेतानले बताए ।

आइबार फुटपाथ अतिक्रमण नियन्त्रण र पार्किङ कार्यान्वयनका लागि खटिएकाे टाेलीमा मेयर सिंह सहित वीरगन्ज महानगरपालिकाका सरसफाई प्रमुख सरफुद्धिन मियाँ, नगरप्रहरी प्रमुख हरि भुषाल, महानगरको सरसफाई तथा बृक्षारोपण संयोजक प्रकाश खेतान लगायतको सहभागिता थियो ।

Related posts

प्रधानमन्त्री देउवाकै वडामा काँग्रेसद्धारा निर्वाचन बहिष्कार

MadhesKhabar

वीरगन्ज महानरसहित पर्सा जिल्लामा ५ लाख ४७ हजारलाई खुवाइयो ‘हैजाविरुद्धको खोप’

MadhesKhabar

उद्यमी र समाजसेवी महिलाहरुलाई प्रोत्साहित गर्न वीरगन्जमा ‘बृहत महिला सम्मेलन’ हुदैं

MadhesKhabar

Leave a Comment