Madhes Khabar
राष्ट्रिय

मंसिरको चुनावमा चार वटा मतपत्र, उम्मेदवारको मात्र चुनाव चिह्न


मधेसखबर
२९ साउन, वीरगञ्ज । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने दलहरुको चुनाव चिह्न मात्र मतपत्रमा राखिने भएको छ ।

निर्वाचन आयोगका अनुसार ४ मंसिरको चुनावमा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक तथा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिक पद्धतिका गरी चार वटा अलग अलग मतपत्र हुनेछ ।

आयोगले यो पटक प्रत्यक्षतर्फको मतपत्रमा प्रत्येक निर्वाचन क्षेत्रमा उमेदवारी दिएका उम्मेदवारको मात्र निर्वाचन चिह्न समावेश गरेर मत्रपत्र छापाई गर्ने सोच बनाएको प्रमुख आयुक्त दिनेश कुमार थपलियाले बताए ।

स्थानीय तह निर्वाचनमा दलहरुले गठबन्धन गरेपनि दर्ता भएका सबै दलको चुनाव चिह्न छापिएका कारण मतपत्र धेरै ठूलो हुनुका साथै धेरै मत बदर पनि भएको थियो । यदि आयोगले प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारको मात्र चुनाव चिह्न राखेमा प्रत्यक्षतर्फ गठबन्धन गर्ने दलहरुलाई सहज हुने देखिन्छ । साभारःअनलाईनखबर

Related posts

एमाले उम्मेदवार शीव पटेल भन्छन् – मौन अवधीमा झन् पैसाको चलखेल हुन सक्छ

MadhesKhabar

मारवाडीविरुद्ध जथाभावी बाेल्ने दुर्गा प्रसाईंलाई कारबाही गर्न पुर्वमन्त्री शर्माकाे माग

MadhesKhabar

भूकम्पपिडितका लागि भारतले दियाे १६ कराेड बराबरकाे राहत सामग्री

MadhesKhabar

Leave a Comment