Madhes Khabar
राष्ट्रिय हेडलाइन

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिद्वारा अस्वीकार

मधेसखबर
वीरगन्ज ,०५ असाेज: राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्विकार गरेकी छन्। मंगलबार मध्यरात १२ बजेसम्मको समयसीमा रहेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रमाणीकरण गर्न अस्विकार गरेकी हुन्।

संसदको दुवै सदनबाट पहिलोपटक पास भएको विधेयक राष्ट्रपति भण्डारीले २‍९ साउनमा १५ बुँदे सन्देशसहित फिर्ता पठाएकी थिइन्। उनले नागरिकता विधेयकमा आफ्नो राय प्रस्तुत गरेर फिर्ता पठाएकी थिइन्।

फिर्ता आएको विधेयक पुनः संसदको दुवै सदनबाट हुबहु पास भएको थियो। सभामुख अग्निप्रसाद सापकोटाले गत २० भदौमा पुनः नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पेस गरेको थियो। तर मंगलबार १२ बजेभित्रको समयसीमामा राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिनन्।

यसबीच राष्ट्रपति भण्डारीले विभिन्न पेसा व्यवसायीसँग विधेयक सम्बन्धमा छलफल गरेकी थिइन्। उनले नेपाली सेना, कानुन व्यवसायी र संसदमा रहेका सबै दलका शीर्ष नेताहरुसँग नागरिकता विधेयक सम्बन्धमा सम्बाद गरेकी थिइन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति भण्डारीलाई भेटेरै नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रह गरेका थिए। गठबन्धनका शीर्ष नेताहरूले पनि प्रमाणीकारण गर्न राष्ट्रपति कार्यालयलाई दबाब बढाएको थियो।

Related posts

प्रधानमन्त्रीसमक्ष रविले बुझाए राजिनामा

MadhesKhabar

वीरगन्ज नाकाबाट डिजेलको आयात घट्यो, पेट्रोलको आयात भने बढ्यो

MadhesKhabar

नारायणी अस्पतालमा ५०० बेडकाे भवन निर्माणका लागि माग गर्दै वीरगन्जमा जनमत पार्टीको प्रदर्शन

MadhesKhabar

Leave a Comment