काठमाडौं,१माघ:सरकार किसानले उत्पान गर्ने गहुँको समर्थन मूल्य ताेकेको छ। पुस २६ गते बसेकाे मन्त्रिपरिषद्को बैठकले चालू आर्थिक वर्ष २०८१/८२ का लागि गहुँको न्यूनतम समर्थन मूल्य ताेकेको हो।
सरबारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार,मन्त्रीपरिषद् बैठकले गँहुकाे न्युनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ८ सय ६७ रुपैयाँ ३ पैसा तोक्ने निर्णय गरेकाे हाे ।जुन गत वर्षकाे भन्दा क्विन्टलमा २ सय १७ रुपैयाँले बढी हाे।
गत वर्ष सरकारले गँहुकाे न्युनतम समर्थन मूल्य प्रतिक्विन्टलकाे ३ हजार ६ सय ५० रूपैयाँ १४ पैसा कायम गरेको थियो।

