Madhes Khabar
राष्ट्रिय

भारतीय अतिक्रमणको विरोध गर्दै काठमाडौंमा सुस्तावासीको प्रदर्शन

तस्बिर :इकान्तिपुर ।

काठमाडौं,१६ असार:सुस्तामा भएको भारतीय अतिक्रमणको विरोधमा पश्चिम नवलपरासीको सुस्ताका बासिन्दाले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सुस्ता बचाउ अभियानको आह्वानमा सुस्ताबाट काठमाडौं आएका ५२ जना सुस्तावासीले माइतीघरमा प्रदर्शन गरे ।

नेपालको सार्वभौम भूमि सुस्तामाथिको अतिक्रमण तत्काल रोक्न र सुगौली सन्धिको भावनाअनुरूप सीमांकन गर्न प्रभावकारी कुटनीतिक पहल गर्न उनीहरुको भाग छ । सुस्तावासीलाई तत्काल बिनाकुनै सर्त नेपाली वंशजको नागरिकता उपलब्ध गराउन, पुस्तौंदेखि भोगचलन र संरक्षण गर्दै आएको जमिनको नापजाँच गरी तुरुन्त लालपुर्जा वितरण गर्न पनि उनीहरुको माग छ ।

‘सुस्ता बचाऊ, सुकुमवासीलाई बचाऊ’, ‘अतिक्रमण होइन सार्वभौम सम्मान दे’, ‘हामी खेती गर्छौं, यसको स्वामित्व हाम्रो हो’ जस्ता प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका थिए ।

आन्दोलनका सदस्य मुन्ना खाँले सुस्तामा भारतीय अतिक्रमण रोक्न सरकारले ठोस कूटनीतिक पहल गरोस् भन्न सरकारको ध्यानाकर्षण गराउन काठमाडौं आएको बताए ।

सुस्तामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको १२ करोडको लगानीमा भइरहेको तटबन्ध निर्माणमा भारतीय हस्तक्षेप भएपछि काममा अवरोध उत्पन्न भएको छ । सुस्ताका बासिन्दा चरणबद्ध भारतीय हस्तक्षेपको विरोधमा उत्रिँदै आएका छन् । उनीहरुले सुस्ताको सुरक्षाको मागसमेत गरेका छन् ।साभार:इकान्तिपुर

Related posts

रक्सौल-काठमाडौं रेलमार्ग पाँच वर्षमा तयार हुने

MadhesKhabar

१९ वर्षपछि खुल्यो `गौर हत्याकाण्ड´को फाइल, पीडित परिवारहरुको बयान लिने काम सुरु

MadhesKhabar

पप्पु कन्स्ट्रक्सनका पुर्वसञ्चालक हरिनारायण रौनियार पक्राउ

MadhesKhabar

Leave a Comment