Madhes Khabar
राष्ट्रिय हेडलाइन

पप्पु कन्स्ट्रक्सनका पुर्वसञ्चालक हरिनारायण रौनियार पक्राउ

काठमाडौं,१५असार: पप्पु कन्स्ट्रक्सनका पुर्व सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् ।

प्रहरी वृत्त, बानेश्वरको टोलीले रौनियारलाई काठमाडौंकै बानेश्वरबाट शुक्रबार पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए ।

रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो ।

बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरका अनुसार रौनियार काठमाडौंमा बस्ने भएकाले पक्राउ गरिदिन जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुरोध गरिएको थियो ।

रौनियार पर्सा क्षेत्र नंवर ३ बाट निर्वाचित पूर्वसांसद् समेत हुन् ।

सांसद् रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उनी तत्कालीन संघीय समाजवादी फोरम (हालकाे जसपा)बाट सांसद् निर्वाचित भएका थिए ।साभार:अनलाइनखबर

Related posts

स्कार्पियोमा गाँजा तस्करी गर्ने नेपाल र भारतको गिरोह बाराबाट पक्राउ

MadhesKhabar

वीरगन्जमा एकै साथ देखियो डेंगु र स्क्रब टाइफस

MadhesKhabar

विधार्थीकाे भविष्यसंग खेलवाड नगर्न गाैतम माविलाई विधार्थी संगठनहरुकाे चेतावनी

MadhesKhabar

Leave a Comment