Madhes Khabar
राष्ट्रिय हेडलाइन

पप्पु कन्स्ट्रक्सनका पुर्वसञ्चालक हरिनारायण रौनियार पक्राउ

काठमाडौं,१५असार: पप्पु कन्स्ट्रक्सनका पुर्व सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् ।

प्रहरी वृत्त, बानेश्वरको टोलीले रौनियारलाई काठमाडौंकै बानेश्वरबाट शुक्रबार पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए ।

रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो ।

बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरका अनुसार रौनियार काठमाडौंमा बस्ने भएकाले पक्राउ गरिदिन जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुरोध गरिएको थियो ।

रौनियार पर्सा क्षेत्र नंवर ३ बाट निर्वाचित पूर्वसांसद् समेत हुन् ।

सांसद् रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उनी तत्कालीन संघीय समाजवादी फोरम (हालकाे जसपा)बाट सांसद् निर्वाचित भएका थिए ।साभार:अनलाइनखबर

Related posts

निजगढ विस्फोट अपडेटः विस्फोट भएको शंकास्पद वस्तु ६५ सय रुपैयाँमा किनबेच भएको खुलासा

MadhesKhabar

वीरगन्ज कारागारका मुस्लिम कैदीबन्दीलाई रमजान पर्व मनाउन मेयर सिंहले दिए खाद्यान्न सामग्री

MadhesKhabar

नागरिकता विधेयकलाइ अब रोक्न सकिदैन: गृहमन्त्री खाँण

MadhesKhabar

Leave a Comment