Madhes Khabar
कृषि हेडलाइन

कृषि उद्यममा लागेका पटेललाई प्रोत्साहित गर्न मेयर सिंहसहितकाले रोपिदिए ५ हजार फुलको विरुवा

वीरगन्ज,२२बैशाखः कृषि उद्यममा लागेका वीरगन्जका एक युवालाई प्रोत्साहित गर्न वीरगन्ज महानगरपालिका मेयर मेयर, सुरक्षा निकायका प्रमुख लगायतले उनको खेतमै पुगेर ५ हजार बढी फुलको विरुवा रोपिदिएका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वामा स्थानीय युवा रमेश पटेलले ६ महिना पहिलेदेखि फूलको व्यवसायिक खेती गर्दै आएका छन् । कृषि उद्यममा लागेका पटेललाई प्रोत्साहित गर्न ग्रिन सिटी सामुदायिक केन्द्रको पहलमा वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंह,सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालसहितको टोलीले शनिबार बिहान पटेलले फूलको व्यवासियक खेती गर्दै आएको जग्गामा पाँच हजार बढी फूलको विरुवा रोपिदिएको हो ।

शनिबार १० कठ्ठा जग्गामा गुलाब, सत्रपत्री, कामनी लगायतका प्रजातिका ५ हजार बढी विरुवा रोपिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिए । देशमा रोजगार छैन भन्दै युवाहरु विदेश पलायन भइरहेको अवस्थामा पटेलले आफनै माटोमा केहि गर्छु भनेर कृषि उद्यम गरिरहेकोले उनलाई प्रोत्साहित गर्न आँफुहरुले शनिबार उनको खेतमै पुगेर पाँच हजार बढी विरुवा रोपिदिएकोपनि उनले बताए ।

यसअघि ६ महिनापहिलेपनि पटेलले फुलको व्यवसायीक खेती सुरु गर्दाका बखतपनि आफुुहरुले २ हजार विरुवा रोपिदएको जानकारीपनि खेतानले दिए ।

विरुवा रोप्ने कार्यक्रममा बोल्दै वीरगन्ज महानगरका मेयर सिंहले पटेल जस्ता कृषि उद्यममा लागेका युवाहरुलाई महानगरले सक्दो सहयोग गर्ने बताए । देशमा रोजगार नै छैन , काम गर्ने वातावरण नै छैन भन्दै विदेशमा पलायन भइरहेका युवाहरुका लागि कृषि उद्यममा लागेका पटेल उदाहरणीय बनेको भन्दै सिंहले भने,‘ गर्नसके आँफनै माटोमा सुनपनि फाउन सकिन्छ भन्ने कुरा पटेलले प्रमाणीत गरिरहेका छन् । त्यसका कारण पटेलजस्ता आँटीला र मेहनती युवाहरुको साथमा वीरगन्ज महानगर सदैव उभिन्छ।’


शनिबाार वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यतामा भएको फूलको विरुवा रोप्ने कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद भट्टराई, वीरगन्जस्थित भारतीय वाणिज्य दूतावासका कन्सुलेट जनरल डि.एस.मीना , सशस्त्र प्रहरीका नायब उपरीक्षक सुरज रिजालका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी , ट्राफिक प्रहरी , नेपाली सेनाका साथै युवा उद्यमीहरुकोपनि सहभागीता थियो ।

Related posts

वीरगन्जमा संविधान दिवस मनाउदै काँग्रेस नेताहरुले भने : संविधानकै कारण जनता अधिकार सम्पन्न भएका छन्

MadhesKhabar

अविरल वर्षाले वीरगन्जसहित पर्साको जनजीवन प्रभावित,सतर्कता अपनाउन मेयर सिंहकाे आग्रह

MadhesKhabar

दिपावली र छठका लागि वीरगन्जमा माटाका भाँडा र दियोको व्यपार (फोटो फिचर)

MadhesKhabar

Leave a Comment