वीरगन्ज ,३साउन: वीरगन्जमा नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मीका सन्तानहरुलाई स्टेसनरी सामग्री वितरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र त्यस मातहतका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान र प्रहरी हवल्दारका सन्तानहरुलाई स्टेसनरी सामग्री वितरण गरिएको हाे ।
जिल्ला प्रहरी कार्यालय पर्सामा बुधबार आयाेजित कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ मधेस प्रदेशले कक्षा १ देखि ५ सम्ममा अध्ययनरत नेपाल प्रहरीका ८० जना बालबालिकालाई स्टेसनरी सामग्री वितरण गरेकाे नेपाल प्रहरी श्रीमती संघ मधेस प्रदेशकी अध्यक्ष सरला भट्टराईले जानकारी दिइन् ।
त्यसअवसरमा मधेस प्रदेशका प्रहरी नायब महानिरीक्षक जनक भट्टराई , प्रहरी वरिष्ठ उपरीक्षक प्रविण पाेख्रेल, नेपाल प्रहरी श्रीमती संघ मधेस प्रदेशकी काेषाध्यक्ष समिला पाेख्रेल लगायतको पनि उपस्थिति रहेकाे थियाे ।

