Madhes Khabar
अन्तर्राष्ट्रिय

दाेहाेराे नागरिकता बनाएको आराेपमा नेपाली नागरिक भारतमा पक्राउ

झापा,१२असार : दोहोरो नागरिकता बनाएको आरोपमा एक नेपाली नागरिक भारतमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापा निवासी ३३ वर्षीय गोपाल खडका रहेको भारतीय प्रहरीले जनाएको छ। भारतीय प्रहरीले उनलाई डीआईबी कार्यालय नक्सलबाड़ीबाट पक्राउ गरेको हो।

काँकडभिट्टा–पानीटंकी नाका हुँदै खड्का भारतीय पासपोर्ट प्रमाणीकरण गराउन नक्सलबाड़ी गएका थिए।

खड्कामाथि शङ्का लागेर प्रहरीले थप चेकजाँच गर्दा उनले नेहाल राउतिया नामबाट भारतीय आधार र भोर्टस कार्ड लगायतका कागजात बनाएका फेला पारियो।

साथै उनको नामको नेपाली नागरिकता र पासपोर्ट समेत फेला परेको थियो। दोहोरो नागरिकता बनाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि सिलगुडी अदालत पेस गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।साभार:अन्नपूर्णपाेष्ट

Related posts

राजगढमा जन्ती सवार ट्याक्टर दुर्घटना हुदाँ १३ जनाको मृत्यु

MadhesKhabar

गर्मीका कारण भारतकाे बिहार र उडिसामा ३१ जनाकाे मृत्युु

MadhesKhabar

भारतमा लोकसभाले गर्‍यो राहुल गान्धीलाई सांसद पदमा बहाल

MadhesKhabar

Leave a Comment