Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतमा लोकसभाले गर्‍यो राहुल गान्धीलाई सांसद पदमा बहाल

काठमाडौं,२२ साउन : भारतको लोकसभाले राहुल गान्धीलाई सांसद पदमा बहाल गरेको छ ।गत शुक्रबार मात्र भारतको सर्वोच्च अदालतले आपराधिक मानहानी मुद्दामा राहुललाई दोषी ठहर गर्ने सुरतको अदालतको फैसला बदर गरेपछि उनलाई सांसद बहाल रहन बाटो खुलेको थियो ।

सुरत अदालतको आदेशले राहुललाई सांसदबाट हटाएको भारतको लोक सभाले सोमबार बिहान उनको सांसद पद कायम रहेको सूचना निकालेको हो ।

उनी केरलको वायनाड क्षेत्रबाट लोकसभा सदस्य छन् । उनले सन् २०१९ मा मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर विजेपीका सांसदले सुरतको अदालतमा मुद्दा दर्ता गरेका थिए । जसमा अदालतले उनलाई दोषी ठहर गरेको थियो । त्यो फैसलामाथि राहुलले सर्वोच्च अदालतमा रिट हालेका थिए ।

लोकसभाले पद बहाल रहेको सूचना निकाले लगत्तै कांग्रेस आईका कार्यकर्ताले खुसीयाली मनाएका छन् । राहुल गान्धी लोकसभा बैठकमा पुग्दा विपक्षी सांसदहरुले उनको स्वागत गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । साभार : अनलाइनखबर

Related posts

विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १ सय जनाको मृत्यु

MadhesKhabar

सलमान खानको घरमा गोली हानेको आरोपमा पक्राउ परेका युवककाे जेलभित्रै शंकास्पद मृत्यु

MadhesKhabar

भारतीय संसदमा प्रधानमन्त्री मोदीविरूद्धको अविश्वास प्रस्ताव अस्वीकृत

MadhesKhabar

Leave a Comment