
काठमाडौं,२२ साउन : भारतको लोकसभाले राहुल गान्धीलाई सांसद पदमा बहाल गरेको छ ।गत शुक्रबार मात्र भारतको सर्वोच्च अदालतले आपराधिक मानहानी मुद्दामा राहुललाई दोषी ठहर गर्ने सुरतको अदालतको फैसला बदर गरेपछि उनलाई सांसद बहाल रहन बाटो खुलेको थियो ।
सुरत अदालतको आदेशले राहुललाई सांसदबाट हटाएको भारतको लोक सभाले सोमबार बिहान उनको सांसद पद कायम रहेको सूचना निकालेको हो ।
उनी केरलको वायनाड क्षेत्रबाट लोकसभा सदस्य छन् । उनले सन् २०१९ मा मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर विजेपीका सांसदले सुरतको अदालतमा मुद्दा दर्ता गरेका थिए । जसमा अदालतले उनलाई दोषी ठहर गरेको थियो । त्यो फैसलामाथि राहुलले सर्वोच्च अदालतमा रिट हालेका थिए ।
लोकसभाले पद बहाल रहेको सूचना निकाले लगत्तै कांग्रेस आईका कार्यकर्ताले खुसीयाली मनाएका छन् । राहुल गान्धी लोकसभा बैठकमा पुग्दा विपक्षी सांसदहरुले उनको स्वागत गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । साभार : अनलाइनखबर

