Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतीय संसदमा प्रधानमन्त्री मोदीविरूद्धको अविश्वास प्रस्ताव अस्वीकृत

काठमाडौं, २६ साउन : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरूद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ। बिहीबारराति लोकसभाबाट मोदीविरूद्धको अविश्वास ध्वनी मतबाट अस्वीकृत भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।
मणिपुर घटनालाई लिएर प्रधानमन्त्री मोदीविरूद्ध विपक्षी गठबन्धनले मंगलबार अविश्वासको प्रस्ताव ल्याएका थिए।

उक्त प्रस्तावमा लगातार तीन दिन छलफल भएपछि बिहीबार प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा ध्वनी मतले अस्वीकृत भएको हो। लोकसभा बैठकमा बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा २ घन्टा १४ मिनेट बोलेका थिए।

त्यतिबेला गठबन्धनका सांसदहरू भने बैठकबाट बाहिरिएका थिए। उनीहरूले प्रधानमन्त्री मोदीको सम्बोधन बहिस्कार गरेको टाइम्स इन्डियाले उल्लेख गरेको छ।

मोदीले आधा घन्टाभन्दा बढी समय मणिपुरकै बारेमा बोलेको र त्यहाँको समस्या समाधान गरेरै छाड्ने बताएका थिए। त्यसका लागि सबै पक्षसँग सहकार्यका लागि आफू तयार रहेको उनले बताएका थिए।

Related posts

भारतको सर्वोच्च अदालतले भन्यो : नुपुर शर्माले राष्ट्रसंग माफी माग्नु पर्छ

MadhesKhabar

युपी : प्रहरीकै सुरक्षा घेराभित्रै अतिक अहमदकाे गाेली हानी हत्या

MadhesKhabar

जेलबाट दिल्लीका मुख्यमन्त्री केजरीवालको सन्देश : म छिट्टै बाहिर आउनेछु

MadhesKhabar

Leave a Comment