
काठमाडौं,१९बैशाख: बलिउड अभिनेता सलमान खानको घरमा गोली हानेको आरोपमा पक्राउ परेका एक व्यक्तिकाे जेलमै शंकास्पद मृत्यु भएको छ।
केही दिनअघि पञ्जाबबाट पक्राउ गरेको अनुज थापन नाम गरेका एक आरोपी क्राइम ब्रान्चको कारागारमा थिए। उनी कारागारको तन्नाको पासो लगाएर जेलको बाथरुममा झुन्डिएर मृत अवस्थामा भेटिएको भारतीय प्रहरीले जनाएको छ।
बाथरुममा झुन्डिएको देखेपछि प्रहरीले उनलाई अस्पताल पुर्याएको थियो। तर उनलाई अस्पताल पुर्याउने वित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।
गत१४ अप्रिलमा सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा गोली चलेको थियो। चोरीको मोटरसाइकलमा आएका दुई जनाले सडकबाटै सलमान खान बस्ने घरमा पाँच राउण्ड गोली चलाएको प्रहरीले जनाएको थियाे।
विभिन्न समयमा ज्यान मार्ने धम्की आइरहेपछि सलमान खानलाई वाई प्लस श्रेणीको सुरक्षा दिइएको छ।

