Madhes Khabar
स्वास्थ्य

छड बाेकेकाे ट्याक्टरमा माेटरसाइकल ठाेक्किदा बारामा एक जनाकाे मृत्यु

सांकेतिक फोटो

वीरगन्ज ,१५बैशाख : बारामा बिहीबार राति फलामकाे छड बोकेको ट्याक्टरमा पछाडिबाट मोटरसाइकल ठोक्किँदा माेटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।

कलैया-वीरगन्ज सडकखण्डअन्तर्गत कलैया उपमहानगरपालिका-२३ स्थित सडकमा छड बोकेको ना ५ त ८२५० नम्बरको ट्याक्टरमा पछाडिबाट बा ८० प ४०२१ नम्बरको माेटरसाइकल ठाेक्किएको थियोे।

उक्त दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका-२१ बस्ने २४ वर्षका राजनकुमार रामको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी उपरीक्षक हाेविन्द्र बाेगटीले जानकारी दिए।

टयाक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्टघटनाको बारेमा थप अनुसन्धान गरिरहेकाे उनले बताए ।

Related posts

पोखरियामा सरुवा रोगको रोकथाम तथा नियन्त्रण बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

MadhesKhabar

आँखा पाक्ने राेगकाे प्रकाेपबाट जाेगाउन वीरगन्जका सरकारी विद्यालयमा निशुल्क शिविर सञ्चालन

MadhesKhabar

बाराको बहुअरीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट १७२ जनाले लिए लाभ

MadhesKhabar

Leave a Comment