Madhes Khabar
स्वास्थ्य

पोखरियामा सरुवा रोगको रोकथाम तथा नियन्त्रण बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

मधेसखबर
वीरगन्ज,२६माघ : पर्साको पोखरियामा पशुपक्षीबाट मानिसमा सर्ने सरुवा रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

पोखरिया नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा सहभागीहरुलाई पशुपंक्षीबाट सर्ने इन्फलुन्जा , बर्ड फ्लू लगायतका सरूवा रोगको रोकथाम तथा नियन्त्रण बारे पशु चिकित्सक कौशल कुमार झाले प्रशिक्षण दिएका थिए ।

पोखरिया नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कौशलेन्द्र मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव, स्वास्थ्य शाखा सहायक विश्वनाथ महतो ,जिल्ला उच्चांगल रामदेव कलवार प्राविधिक नमूना विद्यालय पोखरियाका प्रधानाध्यापक ओमप्रकाश रौनियार, नगरपालिकाका सामाजिक शाखा प्रमुख बाल्मिकी रौनियार , प्रशासन शाखा प्रमुख विजय कुमार झा , स्वास्थ्यकर्मी , किसान, नगरपालिकाका कर्मचारी , लगायतको सहभागिता थियो ।

Related posts

वीरगन्जको अलौंमा १६ शैयाको अस्पताल शिलान्यास

MadhesKhabar

वीरगन्जको पानीटंकी क्षेत्रका अधिकांश प्याथोलोजी ल्याबहरु स्वीकृति बेगर नै संचालन

MadhesKhabar

पाेखरिया अस्पताललाई स्तराेन्नती गर्ने प्रदेश सरकारकाे घाेषणा

MadhesKhabar

Leave a Comment