Madhes Khabar
स्वास्थ्य हेडलाइन

पाेखरिया अस्पताललाई स्तराेन्नती गर्ने प्रदेश सरकारकाे घाेषणा

वीरगन्ज ,२८जेष्ठ : पर्साकाे पाेखरिया नगरपालिका वडा नम्बर ४ पाेखरिया बजारस्थित पाेखरिया अस्पतालकाे स्तराेन्नती गरिने भएकाे छ ।

मधेस प्रदेश सरकार मातहत रहेकाे पाेखरिया अस्पताललाई ५० शैया(बेड) मा स्तराेन्नती गरिने भएकाे हाे । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश सरकारले ल्याएकाे नीति तथा कार्यक्रममा पाेखरिया अस्पताललाई स्तराेन्नती गरि ५० बेडकाे बनाइने उल्लेख छ ।

पर्सा जिल्लाकाे दाेश्राे सदरमुकामका रुपमा परिचित पाेखरियामा रहेकाे पाेखरिया अस्पतालकाे स्तराेन्नतीका लागि प्रदेशसभा सदस्य एंव नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले पहल गरेपछि प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र सिंहले सरकारकाे नीति तथा कार्यक्रममा पाेखरिया अस्पताललाई स्तराेन्नती गर्ने याेजना समावेश गराएका हुन् ।

प्रदेश सरकारकाे नीति तथा कार्यक्रममा पाेखरिया अस्पतालसंगै सर्लाहीको बरहथवा अस्पताल , धनुषाकाे डुमरिया अस्पताल र सप्तरीको भारदह अस्पताललाई पनि ५० बेडमा स्तराेन्नती गरिने उल्लेख गरिएको छ ।

 

 

Related posts

सजिवन खेतीमा रमाउँदै पर्साका युवा किसान चौधरी

MadhesKhabar

प्रदेश स्तरीय फुटबल : सर्लाहीलाई स्तब्ध पार्दै पर्सा सेमिफाइनलमा

MadhesKhabar

बारामा झूटो विवरण पेस गरी नागरिकता , तर छानबिनमा ढिलाइ

MadhesKhabar

Leave a Comment