Madhes Khabar
स्वास्थ्य

वीरगन्जको अलौंमा १६ शैयाको अस्पताल शिलान्यास

वीरगन्ज, २ साउन : वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौँमा १६ शैयाको अस्पताल निर्माणका लागि भवनकाे शिलान्यास गरिएको छ ।

महानगरका मेयर राजेशमान सिंहको विशेष उपस्थितिमा वडाअध्यक्ष सन्जिब बहादुर क्षेत्रीले मंगलबार अस्पतालको शिलान्याश गरेका हुन् ।

महानगरले स्वास्थ्य क्षेत्र सुधारका लागि काम गरिरहेको भन्दै त्यसै अनुरुप ग्रामिण क्षेत्रमा पर्ने वडा नम्बर १७ अलाैं अस्पताल बनाउन लागिएको मेयर सिंहले बताए । ग्रामिण वडामा यसै आर्थिक वर्षदेखि विशेषज्ञसहितकाे उपचार सेवा दिन सुरु गरिने भन्दै उनले त्यसका लागि चिकित्सक तथा स्वास्थ्यकर्मी भर्ना अन्तिम चरणमा पुगेको बताए ।

वडा नम्बर १७ मा सामान्य सेवा प्रदान गरिरहेको स्वास्थ्य चौकी रहेकोमा यसै वर्ष भित्र निर्माण सम्पन्न हुने गरि अस्पताल बनाउने काम सुरु गरिएको हो ।

१ करोड २० लाख रुपैयाँकाे लागतमा १ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको वडा अध्यक्ष क्षेत्रीले जानकारी दिए । उक्त अस्पतालमा विशेषज्ञ चिकित्सक, नर्स सहितको सुविधासम्पन्न सेवा उपलब्ध हुने उनले बताए ।

Related posts

वीरगन्जका डा. अबुल हैस अन्सारी प्रबल जनसेवा श्री पदकबाट विभूषित

MadhesKhabar

वीरगन्जमा चिकित्सक संघद्वारा डेंगु राेग सम्बन्धि जनचेतनामूलक रयाली

MadhesKhabar

स्वास्थ्य कार्यालय पर्सा मधेस प्रदेशमा लगातार ३ वर्षदेखि प्रथम

MadhesKhabar

Leave a Comment