Madhes Khabar
स्वास्थ्य

वीरगन्जको अलौंमा १६ शैयाको अस्पताल शिलान्यास

वीरगन्ज, २ साउन : वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौँमा १६ शैयाको अस्पताल निर्माणका लागि भवनकाे शिलान्यास गरिएको छ ।

महानगरका मेयर राजेशमान सिंहको विशेष उपस्थितिमा वडाअध्यक्ष सन्जिब बहादुर क्षेत्रीले मंगलबार अस्पतालको शिलान्याश गरेका हुन् ।

महानगरले स्वास्थ्य क्षेत्र सुधारका लागि काम गरिरहेको भन्दै त्यसै अनुरुप ग्रामिण क्षेत्रमा पर्ने वडा नम्बर १७ अलाैं अस्पताल बनाउन लागिएको मेयर सिंहले बताए । ग्रामिण वडामा यसै आर्थिक वर्षदेखि विशेषज्ञसहितकाे उपचार सेवा दिन सुरु गरिने भन्दै उनले त्यसका लागि चिकित्सक तथा स्वास्थ्यकर्मी भर्ना अन्तिम चरणमा पुगेको बताए ।

वडा नम्बर १७ मा सामान्य सेवा प्रदान गरिरहेको स्वास्थ्य चौकी रहेकोमा यसै वर्ष भित्र निर्माण सम्पन्न हुने गरि अस्पताल बनाउने काम सुरु गरिएको हो ।

१ करोड २० लाख रुपैयाँकाे लागतमा १ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको वडा अध्यक्ष क्षेत्रीले जानकारी दिए । उक्त अस्पतालमा विशेषज्ञ चिकित्सक, नर्स सहितको सुविधासम्पन्न सेवा उपलब्ध हुने उनले बताए ।

Related posts

नेपालीका लागि खुशीको खबर : स्वास्थ्य बीमा रकम ५ लाख पुर्‍याउने तयारी

MadhesKhabar

बाराको बहुअरीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट १७२ जनाले लिए लाभ

MadhesKhabar

कलैयामापनि सञ्चालनमा आयो ब्लड बैंक, उपराष्ट्रपति यादवले गरे उद्घाटन

MadhesKhabar

Leave a Comment