Madhes Khabar
स्थानिय हेडलाइन

गोतामे पत्रकारिता स्वर्ण पदकबाट धनुषाकी पत्रकार मनिका झा पुरस्कृत

मधेसखबर
वीरगन्ज ,२ फागुनः स्वर्गीय गोपालचन्द्र गोतामे स्वर्णपदक पत्रकारिता पुरस्कार अन्नपूर्ण पोस्टकी मधेस प्रदेश ब्यूरो प्रमुख मनिका झालाई प्रदान गरिएको छ।

वीरगन्जमा मंगलबार पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगन्जले आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाकि अध्यक्ष समेत रहेकी झालाई एक तोला सुन सहितको उक्त पुरस्कार प्रदान गरिएको हो ।कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह , स्वर्गीय पत्रकार गोपालचन्द्र गौतमकी पत्नि सुधा गौतम र पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गोतामे झालाई पत्रकारिता स्वर्ण पदक प्रदान गरे ।

वीरगन्जका पत्रकार स्वर्गीय गौतमको स्मृतिमा १३ वर्ष पहिले स्थापित स्वर्गीय गोपालचन्द्र गौतम प्रतिष्ठानले सामाजिक उत्तरदायित्व अनुरूप अब्बल पत्रकारिता गर्ने एक जना पत्रकारलाई प्रत्येक वर्ष छनौट गरी एक तोला सुनको तक्मा पुरस्कार रूपमा प्रदान गर्दै आएको छ।

यसअघि यो पुरस्कारबाट देशका विभिन्न जिल्लाका ११ जना पत्रकार पुरस्कृत भइसकेका छन् ।यो पुरस्कार अघिल्लो वर्ष सप्तरीका पत्रकार बैजनाथ झाले पाएका थिए।

प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्जका मेयर राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी , प्रतिष्ठानका उपाध्यक्ष वरिष्ठ पत्रकार चन्द्र किशोर , वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ता , प्रतिष्ठानका कोषाध्यक्ष शत्रधुन नेपाल , स्वर्गीय पत्रकार गौतमका सुपुत्र हिमालचन्द्र गौतम , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतको पनि सहभागिता थियो।

Related posts

देशभरका महानगर र उपमहानगरका मेयर,उपमेयरको सहभागितामा सीएनएनसीको बैठक वीरगन्जमा सम्पन्न

MadhesKhabar

हत्या गरी फरार अभियुक्त पक्राउ !

MadhesKhabar

सुशासन पार्टी पर्साका अध्यक्ष चौरसिया जसपामा प्रवेश

MadhesKhabar

Leave a Comment