Madhes Khabar
धर्म/संस्कृति

वीरगन्ज आइपुगेका काशी विश्वनाथका मूल पुजारी मिश्रलाई मेयर सिंहले गरे स्वागत

वीरगन्ज,२९माघ:वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरामा रहेको पशुपतिनाथ मन्दिरमा साेमबार हुने महाआरतीमा सहभागि हुन भारतको काशी विश्वनाथका मूल पुजारी डाक्टर श्रीकान्त मिश्र वीरगन्ज आइपुगेका छन् ।

आइतबार वीरगन्ज आइपुगेका काशी विश्वनाथका मिश्रलाई वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगञ्जमा स्वागत गरेका छन् ।

सडक मार्ग हुँदै वीरगन्ज आइपुगेका मुख्य पुजारी मिश्रले पावन भूमी नेपालको वीरगन्जमा आउन पाउँदा खुसी लागेको बताए ।
वीरगन्ज महानगरपालिका र विश्व हिन्दु परिषदको संयुक्त आयोजनामा वीरगन्जमै पहिलो पटक पिपरा स्थित पशुपतिनाथ मन्दिरमा साेमबार प्रवचन तथा महाआरती आयोजना गर्न लागिएकाे हो ।
महाआरतीमा पशुपतिनाथ मन्दिर काठमाण्डौका भट्ट र जनकपुरधामका महन्थ समेत आउने भएका छन्। उनिहरु दुवै जना साेमबार विहानसम्म वीरगन्ज आइपुग्ने मेयर सिंहले जानकारी दिए ।

महाआरतीका लागि मन्दिर सिंगार्नुका साथै आवश्यक सम्पूर्ण तयारी सकिएको पनि महानगरले जनाएको छ ।
वीरगन्जलाई धार्मीक पर्यटकीय गन्तव्यको केन्द्र बनाउने गरी वीरगन्ज महानगरपालिकाले काम अघि बढाएको हो ।
तराईमै एक मात्र रहेको पशुपति नाथ मन्दिर सौन्दर्यकरण गरेर यसको पहिचान स्थापित गर्न पनि नेपाल भारत दुबै देशका प्रख्यात धामका मुख्य पुजारी बोलाएर महाआरती गर्न लागिएको हो ।

Related posts

छठ पर्व मनाउन वीरगन्ज कारागारका महिला कैदीबन्दीहरुलाई साडी वितरण 

MadhesKhabar

बाराको कलैया र जीतपुरमा निकालियाे सदभाव र्‍याली

MadhesKhabar

चैती छठकाे मुख्य दिन आज `सँझिया घाटे´ सूर्य भगवानलाई अर्घ दिइदैं

MadhesKhabar

Leave a Comment