Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

छठ पर्व मनाउन वीरगन्ज कारागारका महिला कैदीबन्दीहरुलाई साडी वितरण 

वीरगन्ज,२७कार्तिक: छठ पर्ब मनाउन वीरगन्ज कारागारका महिला क‌ैदीबन्दीहरुलाई साडी र गँहुकाे पिठाे वितरण गरिएको छ।
वीरगन्जको ओैद्योगिक घराना रुङ्गटा वेयल फेयर साेसाइटीले साेमबार कारागारका ७२ जना महिला कैदीबन्दीलाई जनही एक एक थान साडी र दुई दुई किलाेग्राम पिठाे वितरण गरेकाे हाे।साेसाइटीका अध्यक्ष  सुरेश रुङ्गटाले कारागारमै पुगेर महिला कैदीबन्दीलाई साडी र पिठाे प्रदान गरे।
त्यस अवसरमा पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा,ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चाैगाई,युवा अभिन्ता दिलिपराज कार्की, ट्राफिक प्रहरी निरीक्षक भाष्करराज खतिवडा लगायतकोपनि उपस्थिति थियाे।
रुङ्गटा वेयल फेयर साेसाइटीले हरेक वर्ष छठ पर्वमा कारागारका महिला कैदीबन्दीलाई साडी र पिठाे वितरण गर्दै आएकाे छ ।

Related posts

पर्साका ४०० दलित बालबालिकालाई अमेरिकामा बस्ने नेपाली दम्पतीले दिए विद्यालय पाेशाक

MadhesKhabar

तोरी खेतीले पहेंलपुर पर्साको ठोरी, यसपालि २४ करोडको उत्पादन हुने अनुमान

MadhesKhabar

छठ नजिकिँदै गर्दा बाँसका सामग्री बनाउन व्यस्त मधेसका डोम समुदाय

MadhesKhabar

Leave a Comment