Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्जको आन्तरिक राजस्व कार्यालयमा छिटोछरितो सेवा उपलब्ध गराउछु : प्रमुख तिवारी

वीरगन्ज,२७माघ : आन्तरिक राजस्व कार्यालय वीरगन्जका प्रमुख कर अधिकृत ढाकाराम तिवारीले कार्यालयमा कर्मचारीको सङ्ख्या कम भए पनि सेवाग्राहीहरुलाई छिटोछरितो एंव गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।वीरगन्जमा हालै सरुवा भइ आएका तिवारीले यस्तो बताएका हुन् ।

शुक्रबार वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै तिवारीले विद्यमान कर सम्बन्धी ऐन कानूनमा प्रमुख कर अधिकृतलाई आफ्नो विवेक लगाउने तजबिज नरहेको पनि स्पष्ट पारे । उनले कर सम्बन्धी शिक्षाको अभावमा करदाताले जरिवाना तिर्नुपर्ने बाध्यता रहेकोले कर सम्बन्धी प्रशिक्षण कार्यक्रमलाई प्राथमिकतामा राखी अगाडि बढाउने बताए ।

कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले यस क्षेत्रका उद्योगी व्यवसायीहरुले भोगिरहेको समस्याहरु बारे जानकारी गराउदै निजी क्षेत्र मैत्री कर प्रशासन ल्याउनुपर्ने, करको दर नबढाई करको दायरा बढाउनुपर्ने, नन–फाइलरको पहिचान गरी करको दायरामा ल्याइनुपर्ने लगायतकाा सुझाव दिए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल , उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, कोषाध्यक्ष गोविन्द शाह, सचिव आशीष लाठ, सदस्य निरज अग्रवालले आ–आफ्नो धारणा राखेका थिए ।

Related posts

पेट्रोलियम पदार्थको मुल्य घटाउने सरकारको घोषणा

MadhesKhabar

दीर्घकालीन व्यावसायिक योजना बनाउन उद्योगमन्त्री रिजालको निर्देशन

MadhesKhabar

पर्सा र बाराका २१२ उद्योगमा निः शुल्क ’स्मार्ट इनर्जी मिटर’ जडान

MadhesKhabar

Leave a Comment