Madhes Khabar
अर्थतन्‍त्र

पेट्रोलियम पदार्थको मुल्य घटाउने सरकारको घोषणा

मधेसखबर
वीरगन्ज,१५जेठः
सरकारले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउने भएको छ ।
संसदमा आइतबार आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउने सदनमा जानकारी गराएका हुन् । अर्थमन्त्री शर्माले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिलाई समायोजन गर्ने बताएका हुन् ।
सरकारले दुईपटक गरी उच्चदरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । इन्धनमा गरिएको मूल्यवृद्धिको अहिले चौतर्फी विरोध भइरहेको छ । इन्धनमा लगाइएको कर १० प्रतिशत घटाउने सैद्धान्तिक निर्णय मन्त्रिपरिषद् बैठकले गरिसकेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर १६३ रुपैयाँ पुरयाइएको छ ।

Related posts

वीरगन्जका उद्योगी व्यवसायीका समस्या समाधान गर्छु : उद्योगमन्त्री रिजाल

MadhesKhabar

फेरि बढ्न थाल्यो सुनको भाउ, तोलाको १ लाख ६३ हजार रुपैयाँ

MadhesKhabar

९ महिनामा पर्साका सरकारी कार्यालयहरुको पुँजीगत खर्च २८ प्रतिशतमात्र

MadhesKhabar

Leave a Comment