Madhes Khabar
अर्थतन्‍त्र

दीर्घकालीन व्यावसायिक योजना बनाउन उद्योगमन्त्री रिजालको निर्देशन

काठमाडौं, २८ साउन : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दीर्घकालीन व्यावसायिक योजनाका साथ अघि बढ्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन दिएका छन्।

लिमिटेडको वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उद्योगमन्त्री रिजालले सेवाग्राहीलाई उच्चतम सन्तुष्टि दिनेतर्फ कम्पनी केन्द्रित हुनुपर्ने भएकाले दीर्घकालीन व्यावसायिक योजनाका साथ अघि बढ्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन दिएका हुन्।

उनले खाद्यान्न लगायत अत्यावश्यकीय उपभोग्य वस्तुको सहज आपूर्तिका लागि बजार निर्माताको भूमिका निर्वाह गर्नसक्ने एक सक्षम व्यावसायिक संस्थाका रूपमा स्थापित हुनुपर्ने बताए। मुलुकको खाद्य सुरक्षा र सम्प्रभुताका लागि यो कम्पनीको महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो ।

Related posts

एकैदिन तोलामा १६ सय रूपैयाँले घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

MadhesKhabar

सुनको भाउ एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

MadhesKhabar

इन्धनको मुल्य बढेपछि गाडी भाडा पनि बढ्यो

MadhesKhabar

Leave a Comment