काठमाडौं, ८ चैत : नेपाली बजारमा आज ( आइतबार ) सुनको भाउमा भारी गिरावट आएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबारको तुलनामा आज सुनको भाउ तोलामा १२ हजार ५०० रुपैयाँले घटेको हो।
नेपाल सुन– चाँदी व्यवसायी महासंघका अनुसार आज १२ हजार ५०० रुपैयाँले घटेर प्रतितोला सुनको भाउ २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ। गत शुक्रबार एक तोला सुनको मूल्य २ लाख ९४ हजार ५०० रुपैयाँ पुगेको थियो।
सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। महासंघका अनुसार आज एक तोला चाँदी ४ हजार ५४० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार प्रतितोला चाँदी ५ हजार १० रुपैयाँमा खरिदबिक्री भएको थियो। शुक्रबारको तुलनामा आज चाँदीको मूल्य ४ सय ७० रुपैयाँले घटेको हो।

