Madhes Khabar
अर्थतन्‍त्र

इन्धनको मुल्य बढेपछि गाडी भाडा पनि बढ्यो

मधेसखबर
वीरगन्ज,२७जेठ : डिजेल र पेट्रोलको मूल्य बढेसँगै लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडा पनि बढेको छ ।
पेट्रोलियम पदार्थको मूल्यअनुसार अन्तर प्रदेश सार्वजनिक सवारीमा पनि स्वचालित प्रणाली लागू भएसँगै भाडा बढेको हो । यसअघि जेठ २० गते पनि सार्वजनिक सवारीको भाडा बढाइएको थियो ।
पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै घटबढ भएमा अन्तरप्रदेश यात्रुबाहक र मालबाहक यातायातको भाडा त्यहि अनुसार समायोजन गर्न थालिएको छ ।
बिहीबार राति १२ बजे देखि लागु हुने गरि नेपाल आयल निगमले पेट्रोलको मुल्य प्रतिलिटर ८ रुपैया र डिजेलको मुल्य प्रतिलिटर १२ रुपैयाका दरले बढाएको थियो ।
इन्धनको उक्त मूल्य वृद्धिअनुसार यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीसाधनको भाडा २ दशमलव ५ प्रतिशतले वृद्धि गरेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनको भाडा ३ दशमलव ३ र तराई मधेसमा चल्ने मालबाहक सवारीको भाडा ३ दशमलव ७ प्रतिशत बढेको छ ।

Related posts

पेट्राेलमा ४१ र डिजेलमा ९४ रुपैयाँ बढेर आयाे मूल्य,सूचीसहित

MadhesKhabar

वीरगन्जमा तेब्बरले बढ्यो प्याजको भाउ, ग्राहक भन्छन् : भाउ सुन्दै पसिना आउँछ

MadhesKhabar

वीरगन्ज बजारमा अनुगमनलाई तिब्रता दिने अनुगमन समितिको निर्णय

MadhesKhabar

Leave a Comment