Madhes Khabar
अर्थतन्‍त्र

एकैदिन तोलामा १६ सय रूपैयाँले घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

सांकेतिक तस्बिर।

काठमाडौं,१४जेठ:नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ।

मंगलबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार ६ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ।मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार दुई हजार पाँच रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।

Related posts

भारतमा फैलिँदै कोरोना : २४ घण्टामा ४ जनाको मृत्यु

MadhesKhabar

मन्त्री यादवको पहलमा पर्सा बारा औधोगीक क्षेत्रको विधुत आपूर्तिमा देखिएको समस्या समाधान हुदै

MadhesKhabar

वीरगन्जमा फेरि लाग्ने भयो ‘रात्रि बजार’

MadhesKhabar

Leave a Comment