Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्जमा फेरि लाग्ने भयो ‘रात्रि बजार’

वीरगन्ज, ११ चैत :वीरगन्जमा पुनः ‘रात्रि बजार’ सञ्चालनमा आउने भएको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर वीरगन्ज महानगरपालिकाले आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म ‘रात्रि बजार’ सञ्चालन गर्ने तयारी गरेको हो ।

चैत २९ गते शुक्रबारदेखि चैत ३१ गते आाइतबार सम्म तीन दिन रात्रि बजार सञ्चालन गर्न लागिएको वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले जानकारी दिए ।नयाँ वर्षको उपलक्ष्यमा आयोजना गर्न लागिएको रात्रि बजारले वीरगन्जको अर्थतन्त्र थप चलायमान बनाउनुका साथै अबेरसम्म बजार सञ्चालन हुने वातावरण बनाउने विश्वास लिइएको मेयर सिंहले बताए ।

यस अघिका वर्ष पनि महानगरले रात्रि बजार संचालन गर्दै आएको थियो । रात्रि बजारले वीरगन्जको बजार चलायमान बन्ने मेयर सिंहले बताए ।उनका अनुसार, तीन दिनसम्म लाग्ने रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडा लगायतका सरसामानका सय भन्दा बढी स्टलहरु राखिनेछ ।

महानगरले रात्री बजार सञ्चालनका लागि विभिन्न संघ संस्थासँग सहकार्य गर्ने भएको छ । ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगन्ज साइकलिङ क्लब, वुमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा महानगरले रात्रि बजार लगाउन लागेको मेयर सिंहले बताए ।रात्रि बजारमा लगाइने स्टलहरुको केही दिनमा नै बुकिङ खुल्ला गरिने ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए।

 

Related posts

विचौलियाको अन्त्य गर्दै कृषकको उत्पादन सोझै उपभोक्ताको भान्सासम्म पुर्याउने योजना ल्याउँछु: प्रदीप यादव

MadhesKhabar

आसिफकाे उत्कृष्ट प्रदर्शनले नेपालद्वारा युएई ५ विकेटले पराजित

MadhesKhabar

पर्सा : कक्षा ९ की छात्रा सोनी गुप्ता बनिन् एक दिनका लागि प्रधानाध्यापक

MadhesKhabar

Leave a Comment