Madhes Khabar
अर्थतन्‍त्र

सहकारीमा आर्थिक पारदर्शीता जरुरी छ : मेयर सिंह

वीरगञ्ज: १५ पुस: वीरगन्जमा रहेकाे शिवम् बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गर्दै सहकारीहरुले आर्थिक पारदर्शीतालाई ध्यान दिँदै बचत तथा लगानी गर्नु पर्नेमा जोड दिए ।

सहकारी भनेको संचालकले पैसा जम्मा गरेर आफू अनुकुल प्रयोग गर्ने मात्रै नभई सेयर सदस्यको हितमा काम गर्न आग्रह पनि उनले गरे ।
सहकारीलाई आर्थिक संकलनका लागि मात्रै नलिई सेवाका लागि हो भन्ने भावना विकास गर्न सकिए मात्रै वास्तविक सहकारीको अवधारणाले मूर्त रुप लिने उनले बताए । केही सहकारीको बदमासीले समग्र सहकारी माथि प्रश्न उठेको भन्दै उनले अब सहकारी संचालकहहरु आफैँले पनि सहकारीलाई व्यवस्थित गर्न कदम चाल्न आवश्यक रहेको बताए ।

संस्थाका अध्यक्ष शिवजी साह कलवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीकर्मी हरेराम पटेल, शम्भु गुप्ता, चन्देश्वर चौरसिया लगायतको सहभागिता रहेको थियो ।

Related posts

वीरगन्ज बजारमा अनुगमनलाई तिब्रता दिने अनुगमन समितिको निर्णय

MadhesKhabar

सरकारले वीरगन्ज चिनी मिल चलाउछ,निजगढ विमानस्थल पनि बनाउछ – अर्थमन्त्री शर्मा

MadhesKhabar

छिन् छिनमा लाइन कट्ने समस्या सामधान गर्न उद्योग वाणिज्य संघको आग्रह

MadhesKhabar

Leave a Comment