
काठमाडौं,२४फाल्गुन:नेपालकाे बजारमा सुनले तीन दिनयता दैनिक उच्च मूल्य रेकर्ड बनाइरहेको छ । बिहीबार एकैदिन अघिल्लो दिनको तुलनामा सुनकाे मूल्य तोलामा १ हजार ५ सय रुपैयाँ बढेको हो ।
अघिल्लो दिन तोलाको १ लाख २३ हजार ५ सय रुपैयाँ रहेको सुनकाे मूल्य बिहीबार १ लाख २५ हजार रुपैयाँ पुगेको छ ।विगत २१ दिनमा सुनको मूल्य ८ हजार ५ सय रुपैयाँ बढिसकेको छ। यसअघि फागुन ३ गते तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि बढेको छ । चाँदीकाे मूल्य बिहीबार प्रतितोला १ हजार ४७० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तोलाको १ हजार ४४० रुपैयाँ थियो । चाँदीको मूल्यले भने यसअघिका रेकर्ड तोड्न सकेको छैन । यसअघि पुस १२ गते चाँदीको मूल्य १ हजार ४ सय ९० रुपैयाँ पुगेको थियो ।

