Madhes Khabar
कृषि हेडलाइन

सरकारसँग २० हजार मेटन मल मौज्दात, थप ३० हजार मेटन मल पुस मसान्तसम्म नेपाल आइपुग्ने

फाइल फाेटाे

मधेसखबर
वीरगन्ज ,०९ पुस : अहिले गहुँ र दलहन बालीका लागि देशभर रासायनिक मलकाे अभाव भइरहेको बेला कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने २० हजार मेट्रिक टन मल मौज्दातमा रहेको जनाएको छ ।

मन्त्रालयअन्तर्गतको मल वितरण गर्ने निकाय कृषि सामग्री कम्पनीसँग हाल २० हजार मेटन मल मौज्दात रहेको छ ।

कम्पनीसँग ११ हजार ४५४ मेट्रिक टन युरिया, डीएपी ७ हजार ७६० मेट्रिक टन र पोटास ९९३ मेट्रिक टन गरी कुल २० हजार २०७ मेट्रिक टन मल मौज्दात रहेको कम्पनीका प्रबन्ध सन्चालक राजेन्द्र बहादुर कार्कीले जानकारी दिए।

यस बाहेक ३० हजार मेटन मल आयातकाे प्रकृयामा रहेकाे पनि उनले बताए। नेपाल र भारत सरकार–सरकारबीच(जीटुजी) विधिमार्फत ३० हजार मेट्रिक टन मल पुस मसान्त सम्ममा नेपाल भित्रिने कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार, थप ५० हजार मेट्रिक टन मल खरिदका लागि प्रतितपत्र(एलसी) खोल्ने तयारीमा छ । उक्त मल माघको दोस्रो हप्तासम्म नेपाल भित्रिने कम्पनीले जनाएको छ ।

याे बाहेक आगामी धान खेतीका लागि लक्षित गरि थप ४० हजार मेट्रिक टन मल खरिदका लागि केही दिन अघि ठेक्का सम्झौता भइसकेको कार्कीले बताए। जीटुजी सहित १ लाख २० हजार मेट्रिक टन मल आउने प्रक्रियामा रहेकाले यसपालि गँहु र धानबालीका लागि मलकाे अभाव नहुने उनकाे भनाई छ ।

चालू आर्थिक वर्षमा मल खरिदका लागि १६ अर्ब ७६ करोड विनियोजित बजेटबाट कम्पनीले सबै मल किनिसकेको कार्कीले जानकारी दिए । उनका अनुसार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले थप मल खरिदका लागि अर्थ मन्त्रालयसँग असारसम्मका लागि ७ अर्ब ७५ करोड रुपैयाँ बजेट माग पनि गरेका छ ।

Related posts

मलंगवा घटनाकाे विराेधमा वीरगन्ज बजार दिनभर बन्द

MadhesKhabar

मालपोत कार्यालय वीरगन्जका अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

ठाकुरराम क्याम्पसमा आजगनी भएपछि स्ववियु निर्वाचन प्रकृया स्थगीत

MadhesKhabar

Leave a Comment