Madhes Khabar
स्थानिय हेडलाइन

मलंगवा घटनाकाे विराेधमा वीरगन्ज बजार दिनभर बन्द

वीरगन्ज,६असाेज:सर्लाहीकाे मलंगवामा भएकाे घटनाकाे विराेधमा शनिबार दिनभर वीरगन्ज बजार बन्द भएकाे छ । दोषीमाथि कारबाही माग गर्दै हिन्दु समाजले वीरगन्ज बजार बन्द गराएका हुन् ।

बजार बन्द हुँदा साइकल मोटरसाइकल बाहेकका सवारीसाधन पनि दिनभर ठप्प रहे । साँझसम्मको लागि मात्रै समर्थन स्वरुप बजार बन्द गरिएको वीरगन्ज हिन्दू समाजले जनाएको छ ।

बन्दकाे कार्यक्रम सफल बनाउन समाजका युवाहरुले वीरगंजमा प्रदर्शन समेत गरेका थिए । प्रदर्शनकारीहरुले वीरगंजकाे घण्टाघर चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबिच समेत भएकाे थियाे ।

उनीहरुले टायर बालेर प्रदर्शन गर्न थालेपछि स्थिती नियन्त्रणमा लिने क्रममा प्रहरी र प्रदर्शनकारी बिच विवाद भएको हो । भिडलाई तितरबितर पार्ने क्रममा प्रहरीले लाठीचार्ज समेत गरेको थियाे।

 

त्यसअघि वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसबाट निकालिएको शान्तिपूर्ण जुलुसले नगर परिक्रममा गरेको थियो । प्रदर्शनकारीहरुले वीरगंजकाे मुख्यसडकमा रहेका पसलदेखि लिएर गल्लीमा रहेका साना पसलहरु समेत बन्द गराएका थिए ।

बिहीबार साँझ सर्लाहीकाे मलंगवामा गणेशको मूर्ति सेलाउन जाने क्रममा दुई समुदाबीच झडप भएको थियो । जसमा स्थानीय रुपेश यादवमाथि छुरा प्रहार भएको थियाे । यादवको अवस्था गम्भीर छ ।साभार:कालिका टाइम्सबाट

Related posts

वीरगन्जको घडिअर्वामा आगलागीबाट एक घर जलेर नष्ट

MadhesKhabar

वीरगन्जको जगरनाथपुरमा जसपा कार्यकर्ता तेलीको घरबाट नगद र गरगहना चोरी

MadhesKhabar

वीरगन्ज ड्राइपोर्टमा दाल भनेर प्रतिबन्धित चुरोट आयात गर्ने फर्मलाई पौने ११ करोड जरीवाना

MadhesKhabar

Leave a Comment