Madhes Khabar
शिक्षा

बालदिवसको अवसरमा भौराटारको विधालयमा वक्तृत्वकला प्रतियोगिता

मधेसखबर
वीरगन्ज,२९ भदौं : ५८औँ राष्ट्रिय बाल दिवसको अवसरमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ भौराटारमा रहेको नेपाल राष्ट्रिय सीताराम महतो माध्यमिक विधालयमा बुधबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

“देश विकासमा विधार्थीको भूमिका“ विषयमा आयोजित वक्तृत्वकला प्रतियोगितामा कक्षा १० कका छात्र विपिन कुमार प्रथम , कक्षा ८ की छात्रा सोनी गुप्ता द्वितीय र कक्षा ९ का छात्र सन्दीप कुशवाहा तृतीय भएका छन् ।

विधालयकै प्राङ्गणमा आयोजित वक्तृत्वकला प्रतियोगितामा कक्षा ६ देखि कक्षा १० सम्मका गरि १० जना विधार्थीहरुले भाग लिएका थिए । विजेताहरुलाई पुरस्कर स्वरुप सिल्ड र प्रमाणपत्र वितरण गरिएको विधालयका प्रधानाध्यापक संजय कुमार महतोले जानकारी दिए ।

बालबालिकाहरुको ब्याक्तित्व विकासका लागि आयोजना गरिएको प्रतियोगिताको निर्णायक मण्डलमा प्रमोद साह,रामधार यादव,गौरीशंकर महतो, मुना साह र दिनेश प्रसाद रहेका थिथए ।

 

विधालय व्यवस्थापन समितिका अध्यक्ष अशोक प्रसाद कुशवाहाको अध्ध्यक्षतामा भएको प्रतियोगितका अअवसरमा विधालय व्यवस्थापन समितिका सदस्य, विधालयका शिक्षक , शिक्षिका , कर्मचारी, विधार्थी लगायतको उपस्थिती रहेका कार्यक्रमको सहजीकरण गरेका शिक्ष्का संदीप कुमार जैसवालले जानकारी दिए ।

 

Related posts

वीरगन्जको कोनियामा नवनिर्मित विद्यालय भवनको मेयर सिंहले गरे उद्घाटन

MadhesKhabar

बड्निहारमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

MadhesKhabar

शिक्षा क्षेत्रमा मेयर सिंहकाे सकरात्मक कदम : ७८२ विद्यार्थीले पाए पूर्ण निशूल्क छात्रवृत्ति

MadhesKhabar

Leave a Comment