Madhes Khabar
शिक्षा

वीरगन्जको कोनियामा नवनिर्मित विद्यालय भवनको मेयर सिंहले गरे उद्घाटन

वीरगन्ज,१९जेष्ठःवीरगन्ज महानगरपालिका वडा नम्बर १७ कोनियामा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको नवनिर्मित भवनको शुक्रबार समुदघाटन गरिएको छ । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उक्त भवनको समुद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मेयर सिंहले महानगरको शैक्षिक क्षेत्र सुधारका लागि आँफुले थालेको प्रयासमा महानगरबासीको सहयोग आवश्यक भएको बताए । उनले शिक्षाा नै समाज समृद्धिको मुख्य आधार भएकाले विशेष गरी सामुदायिक विद्यालयहरुको सुधारमा आँफुले कसैसंग कुनै सम्झौता नगर्ने जिकिरपनि गरे ।

उक्त विद्यालयमा २० लाख रुपैयाँको लागतमा दुई कोठे भवनको निर्माण गरिएको वडाध्यक्ष सन्जुबहादुर छत्कुलीले जानकारी दिए।विद्यालयमा विद्यार्थीको चाप बढेर पठनपाठनमा समस्या भएपछि दुई कोठे भवन निर्माण गरिएको उनले बताए ।

भवन उद्घान कार्यक्रममै उक्त विद्यालयबाट अवकाशप्रँपत शिक्षकहरुलाई सम्मान गर्दै विदाईपनि गरिएको थियो ।वडाध्यक्ष छत्कुलीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र यादव, वीरगन्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण, प्रधानाध्यापक इब्राहिम देवान लगायतकोपनि उपस्थिती थियो ।

Related posts

शिक्षामा वीरगन्ज–३० का वडाध्यक्ष यादवको नजर : एसईई उत्तीर्ण किशोरीहरुलाई बाँडे कम्प्युटर

MadhesKhabar

कक्षा १२ को परीक्षा अब बैशाख २१ गतेदेखि सञ्चालन हुने

MadhesKhabar

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

MadhesKhabar

Leave a Comment