Madhes Khabar
शिक्षा

कक्षा १२ को परीक्षा अब बैशाख २१ गतेदेखि सञ्चालन हुने

काठमाडौं,९बैशाख : कक्षा १२ को परीक्षा सरेको छ। शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गतेदेखि तय गरिएको परीक्षा सारेको हो।

परीक्षा बोर्डले बैशाख २१ गतेका लागि परीक्षाको नयाँ मिति तोकेको छ।परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बैशाख २१ गतेदेखि परीक्षा गर्ने गरी नयाँ तालिका सार्वजनिक गरिने बताए।

त्यसअघि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा बोर्डका अध्यक्ष शर्मालाई परीक्षा सार्न निर्देशन दिएका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका क्रममा प्रधानमन्त्री ओलीले अध्यक्ष शर्मालाई परीक्षा सार्न निर्देशन दिएका थिए।

Related posts

वीरगन्जमा आयाेजित प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बारा प्रथम

MadhesKhabar

वीरगन्ज कारागारका ४ कैदीबन्दीपनि एसईईमा सहभागी

MadhesKhabar

एसईईको ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते

MadhesKhabar

Leave a Comment