Madhes Khabar
शिक्षा हेडलाइन

वीरगन्जमा आयाेजित प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बारा प्रथम

मधेसखबर
वीरगन्ज ,२५ भदौं : वीरगन्जमा आयाेजित मधेस प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बाराकाे मनकामना मावि प्रथम भएको छ।

नेशनल प्याब्सन मधेस प्रदेश समितिले शनिबार आयोजना गरेकाे प्रतियोगितामा बाराको मनकामना मावि प्रथम, सप्तरीको शिव ईन्टरनेशनल मावि दोस्रो र धनुषाको जानकी विद्या मन्दिर तेस्रो भएकाे छ ।

प्रतियोगितामा पर्साबाट वीरगन्जकाे सिद्धार्थ एकेडेमी सहित बारा, राैतहट, सर्लाही , महाेतरी ,धनुषा , सिरहा र सप्तरीका गरि आठ वटा निजी विधालयले भाग लिएका थिए ।

एन प्याब्सनका मधेस प्रदेश अध्यक्ष डा.नन्दन यादवको अध्यक्षता एंव पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल झाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियाेगितामा नेशनल प्याब्सन केन्द्रीय उपाध्यक्ष बजेन्द्र मिश्र, सल्लाहकार राम बिनय चौरसिया, केन्द्रीय सचिव अलि अन्सारी, पूर्व सचिव थानेश्वर साह, केन्द्रीय सदस्यहरु ईन्द्रदेव साह, राम प्रसाद अधिकारी, चन्द्र नारायण मण्डल, बारा जिल्ला अध्यक्ष प्रभु कुशवाहा,पर्सा जिल्ला अध्यक्ष राम कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

पत्रकार उज्ज्वल घिमिरेले सँचालन गरेको कार्यक्रममा क्विज मास्टरको भूमिका माउण्ट हर्मन माविका प्रधानाध्यापक सन्तोष साहले र स्वागत मन्तव्य सचिव जितेन्द्र प्रसाद यादवले गरेका थिए।

Related posts

सरसफाइमा झन कठाेर बन्दै वीरगन्ज महानगर: एनआईसी एसिया बैंकलाई ११ हजार जरिवाना

MadhesKhabar

आज सूर्य ग्रहण लाग्दै, ग्रहण लाग्दा के के गर्न हुन्न ?

MadhesKhabar

वीरगन्ज नर्सिङ क्याम्पसमा नेविसंघले दियो फ्रिज र इलेक्ट्रीक हट ब्याग

MadhesKhabar

Leave a Comment