Madhes Khabar
शिक्षा

वीरगन्ज कारागारका ४ कैदीबन्दीपनि एसईईमा सहभागी

वीरगन्ज,७चैतःबिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा वीरगन्ज कारागारका चारजना कैदीबन्दीपनि सहभागी भएका छन् ।एसईईमा वीरगन्ज कारागारमा रहेका विभिन्न मुद्दाका चारजना पुरुष कैदीबन्दी सहभागी भएका हुन् ।

कारागारका कैदीबन्दीलाई कारागारभित्र नै एसईई दिने व्यवस्था गरिएको वीरगन्ज कारागारका प्रमुख (जेलर) खिमराज भुसालले जानकारी दिए ।उनका अनुसार, एसईई सहभागी हुन एक जनाले बाराबाट र तीन जनाले पर्साबाट परीक्षा फारम भरेको जेलर भुसालले बताए ।

पर्सा जिल्लाबाट यस वर्ष कुल ११ हजार ४१३ विद्यार्थीले एसइई परीक्षामा सहभागी भएका छन् । जसमा ५ हजार ७३६ छात्रा र ५ हजार ६७७ छात्र रहेका छन् । जिल्लाभर २९ वटा परीक्षा केन्द्र तोकिएको छ । २८ वटा सामुदायिक विद्यालय र एउटा निजी विद्यालयमा परीक्षा केन्द्र तोकिएको हो ।

Related posts

शिक्षक महासंघ पर्साकाे अध्यक्षमा यादव पुन चयन

MadhesKhabar

वीरगन्ज ३० प्रसाेतिपुरकाे विद्यालयमा २५० विद्यार्थीलाई स्कुल ब्याग र स्टेसनरी वितरण

MadhesKhabar

जन्मदिनको अवसरमा अमेरिकाबाट पर्साका दलित बालबालिकालाई उपहार

MadhesKhabar

Leave a Comment