Madhes Khabar
शिक्षा

वीरगन्ज कारागारका ४ कैदीबन्दीपनि एसईईमा सहभागी

वीरगन्ज,७चैतःबिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा वीरगन्ज कारागारका चारजना कैदीबन्दीपनि सहभागी भएका छन् ।एसईईमा वीरगन्ज कारागारमा रहेका विभिन्न मुद्दाका चारजना पुरुष कैदीबन्दी सहभागी भएका हुन् ।

कारागारका कैदीबन्दीलाई कारागारभित्र नै एसईई दिने व्यवस्था गरिएको वीरगन्ज कारागारका प्रमुख (जेलर) खिमराज भुसालले जानकारी दिए ।उनका अनुसार, एसईई सहभागी हुन एक जनाले बाराबाट र तीन जनाले पर्साबाट परीक्षा फारम भरेको जेलर भुसालले बताए ।

पर्सा जिल्लाबाट यस वर्ष कुल ११ हजार ४१३ विद्यार्थीले एसइई परीक्षामा सहभागी भएका छन् । जसमा ५ हजार ७३६ छात्रा र ५ हजार ६७७ छात्र रहेका छन् । जिल्लाभर २९ वटा परीक्षा केन्द्र तोकिएको छ । २८ वटा सामुदायिक विद्यालय र एउटा निजी विद्यालयमा परीक्षा केन्द्र तोकिएको हो ।

Related posts

स्नातक तहमा अध्ययनरत छोरी–बुहारीहरुलाई ल्यापटप वितरण गर्ने मेयर सिंहको घोषणा

MadhesKhabar

मावि शिक्षक लाइसेन्स परीक्षामा ५० प्रतिशत विद्यार्थी फेल, सबै भन्दा कम पास मधेसमा

MadhesKhabar

कक्षा ९ की छात्रा खातुन एकदिनका लागि बनिन् मधेस प्रदेशकाे शिक्षामन्त्री

MadhesKhabar

Leave a Comment