
बारा,३१असारःबाराको पचरौता नगरपालिकाले प्राविधिक शिक्षा तथा कक्षा ११ र १२ मा अध्ययनरत छात्र–छात्रहरुलाई ३८ लाख बढीको छात्रवृति वितरण गरेको छ । नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ६४ जना विधार्थीहरुलाई ३८ लाख ४० हजार १५९ रुपैयाँ बराबरको छात्रवृति वितरण गरिएको हो ।
मंगलबार प्रमुख प्रशासकीय अधिकृत बसन्तरानज जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा मेयर जलन्धर सिंह र उपमेयर नसिमा खाुनले प्राविधिक शिक्षा अध्ययनरत ६ जना विद्यार्थीलाई ९ लाख ८९ हजार तथा कक्षा ११ तथा १२ मा अध्ययनरत ५८ जना विद्यार्थीलाई २८ लाख ५१ हजार १५९ रुपैया बराबरको चेक हस्तनान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै मेयर सिंहले शिक्षा नै विकासको मूल आधार भएकाले नगरपालिकाले शिक्षा क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको बताए। उनले छात्रवृत्तिले विद्यार्थीमा थप प्रेरणा मिल्ने र आर्थिक अवस्था कमजोर परिवारका बालबालिकालाई अध्ययनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
छात्रवृत्ति वितरण कार्यक्रमले लैङ्गिक समावेशिता र शैक्षिक पहुँचको सुनिश्चिततामा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले विद्यार्थीहरुलाई थप मेहनत र अनुशासित भएर अध्ययन गर्न आग्रह गरे । आगामि दिनमा पालिकाभित्रका स्नातक तहमा अध्ययनरत छोरी–बुहारीहरुलाई पाालिकाले ल्यापटप वितरण गर्ने घोषणापनि गरे ।
मेयर सिंहको प्रमुख आतिथ्यतामा भएको छात्रवृतित वितरण कार्यक्रममा उपमेयर नसीमा खातून, वडाध्यक्ष लक्ष्मी यादव र बनारसी बिन, शिक्षा सहायक मुकेश कुमार सिंह, स्थानीय समाजसेवी प्रभु ठाकुर, नेवाजी मियाँ अंसारी, पिपरपाती माविका प्रधानाध्यापक रामानन्द साह लगायतकाको सहभागिता थियो ।साभारः नूरआलम बाादशाह

