Madhes Khabar
राजनीति

संघीयता खारेजी र हिन्दु राष्ट्रको माग गर्दै राप्रपाको प्रदर्शन

मधेसखबर
वीरगन्ज, १८ साउन : संघीयता खारेजी, हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार प्रदर्शन गरेको छ ।

बुधबार दिउँसो काठमाण्डौको माइतीघर देखि नयाँ बानेश्वरसम्म राप्रपाका नेता कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।उनीहरुले हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था स्थापना हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन पद्धति कायम गर्नुपर्ने लगायतका माग राखेका छन् ।

राप्रपाले यी माग राख्दै गत असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पनि बुझाएको थियो । तर आफूहरुको माग सम्बोधन नभएको भन्दै राप्रपाले सडक आन्दोलन थालेको हो ।

Related posts

मतदातालाई चौरसिया र कुर्मीको अपिल : जनताको पीर मर्का बुझ्ने नेता चुन्नु होला

MadhesKhabar

सांसद विकास कोष रोक्ने फैसलामा पुनर्विचार गर्न सर्वोच्चलाई सांसद यादवको आग्रह

MadhesKhabar

पर्साकी उषादेवी थरुनी एमालेबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार

MadhesKhabar

Leave a Comment