Madhes Khabar
स्थानिय

टेढा रोडमा ट्याम्पु दुर्घटना हुदा पाच जना घाइते , दुइ जनाको अवस्था गम्भिर

मधेसखबर
वीरगन्ज,३१जेठ : वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ टेढा स्थित सडकमा मङगलबाार अपरान्ह ट्याम्पु दुर्घटना हुदा पाच जना घाइते भएका छन् ।
पर्साको मनवाबाट बाराको जितपुर जादै गरेको प्रदेश २–०३००१ ह ६९ नम्बरको ट्याम्पु दुर्घटना हुदा त्यसमा सवार पाच जना घाइते भएका हुन् । घाइते हुनेहरुमा पर्साको सखुवाप्रसौनी गाउपालिका वडा नम्बर १ का २६ वर्षिय धन बहादुर भुजेल , त्यहि ठाँउका २० वर्षिय सुरेन्द्र मगर , पर्सागढी नगरपालिका वडा नम्बर २ का २४ वर्षिय बुनु भुजेल , पर्सागढि नगरपालिका वडा नम्बर १ की २५ वर्षिया कविता कुमारी गुरुङ र त्यहि ठाँउकी ३ वर्षिया बालिका सामना गुरुङ रहेका छन् ।

गम्भीर घाइते धन बहादुर भुजेल र सुरेन्द्र मगरको वीरगन्जको गण्डक हस्पिटलमा र अन्य ततीन जनाको जितपुर स्थित श्री मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्याम्पुका चालक भने फरार रहेको प्रहरी चौकी मिलनचोकका ईन्चार्ज रामशरण राय क्षेत्रीले जानकारी दिए । तिब्र गतिमा रहेको ट्याम्पु आफै अनियन्त्रित भइ सडक तल पल्टिएको उनले बताए ।

Related posts

हावाहुरीले वीरगन्जका ठाँउठाँउमा पोल ढलेका कारण रातिदेखि नै बिजुलीको आपुर्ति ठप्प

MadhesKhabar

वीरगन्जकाे मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग

MadhesKhabar

पर्साको बलुवा गाँउमा प्रहरीको छापा, १२० बोरा भारतीय सख्खर बरामद

MadhesKhabar

Leave a Comment