Madhes Khabar
मधेस प्रदेश

सिमरा विमानस्थल अब १८ घण्टा सन्चालन

बाराको सिमरा विमानस्थल

मधेसखबर
वीरगन्ज, १५ बैशाख
: बाराको सिमरा विमानस्थल बिहीबार देखि १८ घण्टा सन्चालनमा आएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले रात्रिकालीन उडान गर्न मिल्ने सिमरा सहित तराइ मधेसका ७ वटा विमानस्थल बिहीबार देखि १८ घण्टा खुल्ला गरेको हो ।
काठमाण्डौको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बढ्दै गइरहेको एयर ट्राफिकको चाप कम गर्न तराई मधेसका ७ विमानस्थलको सन्चालन अवधि ६ घण्टा थप गरिएको प्राधिकरणले जनाएको हो ।
मधेस प्रदेशको सिमरा , जनकपुर , प्रदेश १ को झापाको चन्द्रगढी, विराटनगर, लुम्बिनी प्रदेशको भैरहवाको गौतमबुद्ध, नेपालगन्ज र धनगढी विमानस्थल बिहीबार देखि दैनिक १८ घण्टा सन्चालन गरिएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले जानकारी दिए ।
यसअघि सिमरा सहित सात वटै विमानस्थलबाट साँझ ६ बजेसम्म मात्र हवाइ उडान हुदै आएकोमा बिहीबार देखि भने राति १२ बजेसम्म हवाइ उडान हुनेछ ।
उडान समय थप हुँदा हवाई चाप व्यवस्थापनमा सहज हुनुका साथै जहाज डिले हुने समस्या समेत कम हुने प्राधिकरणका महानिर्देशक अधिकारीले बताए ।
कोभिड महामारीपछि आन्तरिक तथा बाह्य यात्रुको संख्या बढ्नुका साथै उडान संख्या पनि बढ्दै गइरहेको छ । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा हवाई चाप बढ्दा व्यवस्थापनमा समस्या भएपछि तराइ मधेसका ७ वटा विमानस्थलको उडान अवधि थप गरीएको हो ।

Related posts

जसपा नेपालकी नेतृ यादवले पड्काएको पेस्तोल सर्लाहीबाट बरामद

MadhesKhabar

निजी कारबाट ठूलो परिमाणमा गाँजा बरामद, चालक फरार

MadhesKhabar

सर्लाहीका कांग्रेस सभापति भ्रष्टचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर

MadhesKhabar

Leave a Comment