Madhes Khabar
मधेस प्रदेश

जसपा नेपालकी नेतृ यादवले पड्काएको पेस्तोल सर्लाहीबाट बरामद

काठमाडौं,१८बैशाखःजनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादवले सर्लाहीमा हल्दी–मेहेन्दी कार्यक्रममा पेस्तोल पड्काएको खुलेको छ ।
पेस्तोल पड्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले उनलाई बोलाएर सोधपुछ गरेको छ ।
यादवकै बयानका आधारमा सर्लाहीको मलंगवा नगरपालिका–२ का अञ्जनी कुमारको घरबाट प्रहरीले उक्त पेस्तोल बरामद गरेको छ ।बबी सिंह यादवसँग सोधपुछ गरेपछि सप्तरी प्रहरीले घटनाबारे सर्लाही प्रहरीलाई जानकारी गराएको थियो । त्यसपछि अञ्जनी कुमारको घर खानतलासी गर्दा उक्त पेस्तोल भेटिएको सर्लाहीका प्रहरी नायब उपरक्षिक सरोज राईले बताए ।

पूवर्वमन्त्री तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्रसिंहकी छोरी समेत रहेकी जसपा नेपालकी नेतृ यादवले उक्त पेस्तोल मलंगवा नगरपालिका–५ को भाँड्चौर भन्ने ठाउँमा पड्काएको खुलेको हो ।सर्लाहीका प्रहरी नायब उपरक्षकराईका अनुसार यहि बैशाख ११ गते वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी–मेहेन्दी कार्यक्रममा नेतृ यादवले पेस्तोल पड्काएको खुलेको हो ।

सुप्रियाको बैशाख १२ गते भारतको सीतामढीका युवकसँग विवाह हुने तयारी थियो । त्यहि वैवाहीक कार्यक्रममा नेतृ यादवलले पेस्तोल पड्काएको खुलेको हो । यसअघि भिडिओ भाइरल भएपछि नेतृ यादवले समेत घटना भारतको सीतामढिको दाबी गर्दै फेसबुकमा स्टाटस लेखेकी थिइन् । उक्त पेस्ताल खेलानौ भएको उनको दाबी थियो ।

तर घटना सीतामढीको नभई सर्लाहीको भएको खुलेको छ । बरामद पेस्तोल भने बारुद मात्रै पड्किने किसिमको रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

यादवलले नाचेको भिडिओ बुधबार सामाजिक सञ्जालमा भाइरल बनेको थियो । भिडिओमा यादवसँगै अन्य मानिस पनि नाचिरहेको देखिन्छ । पेस्तोलबाट यादवले एक राउन्ड ‘हवाई फायर’ गर्दा धुवाँ उडेको दृश्य पनि भिडिओमा देखिन्छ । त्यसपछि अर्का युवाले उक्त पेस्तोल समाएको देखिन्छ ।

सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की यादव जसपा नेपालकी उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।साभारःअनलाइनखबर

Related posts

सर्लाहीमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

MadhesKhabar

रौतहटमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

MadhesKhabar

मधेस प्रदेशमा हरेक तीन दिनमा डुबेर एक जनाको मृत्यु

MadhesKhabar

Leave a Comment