Madhes Khabar
मधेस प्रदेश

सर्लाहीमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

सर्लाही, ३१ वैशाखः सर्लाहीमा बिहीबार बिहान बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । मृतकको पहिचान भने खुल्न सकेको छैन ।

उदयपुरको गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ९६७० नम्बरको बसले सर्लाहीको हरिवन नगरपालिका ११ स्थित कडरिया चोकमा पैदल हिँडिरहेका पुरुषलाई ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यालय कर्मैयाका अनुसार दुर्घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

 

Related posts

न्यायाधीश अनुपस्थित भएपछि अफताबविरुद्धको मुद्दाको पेशी स्थगित

MadhesKhabar

धनुषा ४ मा एमालेका महासेठ १२४ मतान्तरले विजयी

MadhesKhabar

मधेस प्रदेश सरकारको दोस्रो दिन पनि धर्ना जारी

MadhesKhabar

Leave a Comment