Madhes Khabar
मधेस प्रदेश

धनुषा ४ मा एमालेका महासेठ १२४ मतान्तरले विजयी

मधेसखबर
वीरगन्ज ,१३ मंसिर :धनुषा क्षेत्र नंबर ४ बाट प्रतिनिधि सभा सदस्यमा पुन: नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन् ।

नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।

महासेठले ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी यादवले ३२ हजार ११२ मत पाएका छन् ।

विजयी भएका महासेठ एमालेका सचिव हुन् भने यादव कांग्रेसका सहमहामन्त्री हुन् ।

यसअघि २०७४ को निर्वाचनमा पनि महासेठले यादवलाई २ हजार ५४१ मतान्तरले पराजित गरेका थिए । महासेठ २२ हजार ५३२ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी महेन्द्रले १९ हजार ९९१ मत पाएका थिए ।

Related posts

पर्सा २ मा काँग्रेसका चौरसियाको सान्दार जित

MadhesKhabar

बारा ४(क) मा एमालेका चाैधरी विजयी

MadhesKhabar

मधेस सरकारले ल्यायो ४३ अर्ब ८९ करोडको बजेट

MadhesKhabar

Leave a Comment