रौतहट,६साउनः रौतहटको गरुडा नगरपालिका– ५ स्थित झाँझ खोला नजिकबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ। मंगलबार बिहान चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६७९६ नम्बरको ब्रेजा कारबाट प्रहरीले १३३ केजी लागुू औपषध गाँजा बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले चेकजाँच गर्न रोक्न खोज्दा कार चालकले गाडी नरोकी हुक्याउँदै भाग्न थालेपछि प्रहरीले पछ्याउँदै जाँदा गरुडा नगरपालिका– ५ स्थित झाँझ खोला नजिक करिब २० फिट गहिरो खेतमा गाडी छोडेर चालक फरार भएका थिए।
रातो कलरको ब्रेजा कारमा लागू औषध गाँजा लिएर सदरमुकाम गौरतर्फ जाँदै गरेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय गरुडाले चेकिङ तीब्र बनाएको थियो । तर,चालकले प्रहरी चेकिङ छलेर तीव्र गतिमा कार भगाउँदा समेत सफल नभएपछि खेतमा छोडेर भागेका थिए। कारबाट १३ पोकामा रहेको १३३ केजी गाँजा बरामद गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन कार्कीले जानकारी दिए । फरार कारका चालकको खोजीपनि भइरहेको उनले बताए ।

