Madhes Khabar
मधेस प्रदेश

देवताल गाँउपालिकामा मतदान स्थगीत

झडपमा घाइते लोसपाका वडा अध्यक्षका उम्मेदवार विकास कुमार सिंह । तस्वीर :मोहनलाल पडितको फेसबुकबाट

मधेसखबर
वीरगन्ज ,३० बैशाख
: बाराको देवताल गााउपालिका वडा नम्बर ७ मा मतदान स्थगीत भएको छ ।
वडा नम्बर ७ स्थित पिपरपाति प्राविको मतदान केन्द्रमा नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी बिच झडप भएपछि बिहान ८ बजे देखि मतदान स्थगीत भएको हो ।
झडपमा दुर्व दलका वडा अध्यक्षका उम्मेदवार सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार , लोसपाका वडा अध्यक्षका उम्मेदवार विकास कुमार सिंहले एक बृद्ध मतदाताको मतपत्र लिएपछि त्यहि विषयलाइ लिएर काँग्रेसका वडा अध्यक्षका उम्मेदवार सत्यन्द्र यादव समुहले विरोध गरेपछि विवाद भइ झडप भएको हो ।
स्थगीत मतदान सुचारु गराउन जिल्लाका सुरक्षा निकायका प्रमुखहरु मतदान केन्द्रमा पुग्ने क्रममा रहेको बाराका सन्चारकर्मी जयनारायण यादवले जानकारी दिए ।

Related posts

बेटी पढाऔं, बेटी बचाऔं कार्यक्रममा १० करोड बढिको भ्रष्टाचार भएको अख्तियारको ठहर

MadhesKhabar

वीरगन्ज २३ मा जसपाको चुनावी घरदैलो

MadhesKhabar

सप्तरीमा माओवादी नेताको हत्या आरोपी प्रदेशसभा सदस्य सिंह पक्राउ

MadhesKhabar

Leave a Comment