Madhes Khabar
मधेस प्रदेश

देवताल गाँउपालिकामा मतदान स्थगीत

झडपमा घाइते लोसपाका वडा अध्यक्षका उम्मेदवार विकास कुमार सिंह । तस्वीर :मोहनलाल पडितको फेसबुकबाट

मधेसखबर
वीरगन्ज ,३० बैशाख
: बाराको देवताल गााउपालिका वडा नम्बर ७ मा मतदान स्थगीत भएको छ ।
वडा नम्बर ७ स्थित पिपरपाति प्राविको मतदान केन्द्रमा नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी बिच झडप भएपछि बिहान ८ बजे देखि मतदान स्थगीत भएको हो ।
झडपमा दुर्व दलका वडा अध्यक्षका उम्मेदवार सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार , लोसपाका वडा अध्यक्षका उम्मेदवार विकास कुमार सिंहले एक बृद्ध मतदाताको मतपत्र लिएपछि त्यहि विषयलाइ लिएर काँग्रेसका वडा अध्यक्षका उम्मेदवार सत्यन्द्र यादव समुहले विरोध गरेपछि विवाद भइ झडप भएको हो ।
स्थगीत मतदान सुचारु गराउन जिल्लाका सुरक्षा निकायका प्रमुखहरु मतदान केन्द्रमा पुग्ने क्रममा रहेको बाराका सन्चारकर्मी जयनारायण यादवले जानकारी दिए ।

Related posts

गौरबाट २०४ किलो गाँजा बरामद

MadhesKhabar

सर्लाही : ट्याक्टरमा माेटरसाइकल ठाेक्किदा चालकको घटनास्थलमै मृत्यु

MadhesKhabar

त्रिशुली दुर्घटनाका मृतकका परिवारलाई १/१ लाख राहत दिने मधेसका मुख्यमन्त्री सिंहको घोषणा

MadhesKhabar

Leave a Comment