Madhes Khabar
मधेस प्रदेश

सर्लाही : ट्याक्टरमा माेटरसाइकल ठाेक्किदा चालकको घटनास्थलमै मृत्यु

सांकेतिक फोटो ।

सर्लाही,२जेष्ठ:सर्लाहीमा मंगलबारराति राेकिराखेकाे ट्याक्टरमा माेटरसाइकल ठाेक्किदा एक जनाको मृत्यु भएको छ ।

बयलवास–बबरगन्ज सडकखण्ड अन्तर्गत चन्द्रनगर गाउँपालिका–२ पर्ती बजार नजिक रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा माेटरसनइकल चालकको मृत्यु भएको हाे । ज १ त ५१९० नम्बरको ट्याक्टरमा दक्षिणतर्फबाट आइरहेको प्रदेश–२–०३–०२१ प ११६८ नम्बरको मोटरसाइकल ठोक्किँदा माेटरसाइकल चालक सर्लाहीकै ईश्वरपुर नगरपालिका–१० बेलाका २९ वर्षीय सन्जित कुमार साहको घटनास्थलमै मृत्यु भएको हो ।

अगाडिबाट आएको स्कारपियो गाडीको बत्तीका कारण मोटरसाइकल चालक साहले राम्रोसँग आँखा नदेख्दा ट्याक्टरमा गएर ठोक्किएको हुनसक्ने आशंका गरिएको छ ।

घटना बारे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Related posts

मिटरब्याजीबाट पिडितहरुकाे आन्दोलनमा मधेसका मुख्यमन्त्री यादवकाे समर्थन

MadhesKhabar

पकहामैनपुर गाँउपालिकाले ल्यायो ३९ करोडको बजेट

MadhesKhabar

मधेस : ई–रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर श्रीमान्–श्रीमतीको मृत्यु

MadhesKhabar

Leave a Comment