Madhes Khabar
समाचार

भन्सारमा कडाइ गरेर जनतालाई सास्ती दिने सरकारकाे रवैया ठिक भएन : एमाले नेता पाण्डेय

काठमाडौं,१७वैशाख: नेकपा एमालेका युवा नेता रुपेश पाण्डेयले नेपाल-भारत सीमानाकामा अवस्थित भन्सारमा गरिएको कडाइले सर्वसाधारणको दैनिकी प्रभावित बनेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । उनले तस्करी नियन्त्रण आवश्यक भएपनि त्यसकै बहानामा जनतामाथि सास्ती थाेपर्नु स्वीकार्य नभएको बताएका छन् ।

 

पाण्डेयका अनुसार सीमाञ्चलका नागरिक आर्थिक रूपमा कमजोर हुँदा सस्तो सामग्रीका लागि सीमावर्ती भारतीय बजारमा निर्भर हुनुपरेको यथार्थ राज्यले बुझ्नुपर्छ । “जनताको बाध्यतालाई अपराधजस्तो व्यवहार गर्नु राज्यको संवेदनशीलतामाथिको प्रश्न हो,” उनले भने।

 

उनले सीमामा आवतजावत गर्ने सबैलाई एउटै दृष्टिले हेर्ने प्रवृत्तिले समस्या झनै बढाएको बताए । “तस्करी गर्ने संगठित समूह र घरखर्च धान्न सस्तो सामान ल्याउने नागरिक फरक हुन्,” उनले भने, “नीति बनाउँदा यही भिन्नता छुट्याउन नसक्दा आम नागरिकले सास्ती भोगिरहेका छन्।”

एमाले नेता पाण्डेयले तस्करी नियन्त्रणका लागि कडा कदम आवश्यक रहेको बताए । उनले भने, “कर छल्ने र अवैध व्यापारमा संलग्नमाथि शून्य सहनशीलता अपनाउनुपर्छ, तर जनताको चुल्हो निभ्ने गरी कडाइ गर्नु गलत हो।”
उनले नेपाल–भारतबीचको परम्परागत रोटी–बेटी सम्बन्धमा पनि यसले नकारात्मक असर पार्न थालेको बताए। सीमामा बढ्दो तनावले सामाजिक र आर्थिक सम्बन्धमा अवरोध सिर्जना गरिरहेको उनको भनाइ छ।

 

सरकारले भारतीय बजारबाट १ सय रुपैयाँभन्दा बढीका सामग्री ल्याउँदा भन्सार महसुल अनिवार्य गर्ने व्यवस्था कडाइका साथ लागू गरेपछि सीमा क्षेत्रमा असहजता बढेको उनकाे भनाई छ ।पाण्डेयले उक्त समस्या समाधानका लागि व्यवहारिक दृष्टिकोण अपनाउन आग्रह गर्दै भने, “तस्करी रोक्न कडाइ गरौं, तर जनताको दैनिक जीवन सहज बनाउने उपाय पनि सँगसँगै खोज्नुपर्छ ।”

Related posts

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

MadhesKhabar

हेटौंडामा जमिनमुनि भासिएको १९ दिनपछि फेला पर्‍यो गाडीको पार्टपुर्जा

MadhesKhabar

राैतहटमा जिपकाे ठक्करबाट एक युवककाे मृत्यु

MadhesKhabar

Leave a Comment