Madhes Khabar
राजनीति

पर्सा-४ का सांसद शाक्यले भने : पुराना दलको ३५ वर्षदेखिको बेथितिलाई हटाउने प्रयास गर्दैछौं

काठमाडौं,१३ वैशाख : पर्साको निर्वाचन क्षेत्र नम्बर ४ का सांसद टेकबहादुर शाक्यले मुलुकमा विगत ३५ वर्षदेखिको व्याप्त बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढिरहेको बताएका छन् ।

काठमाडौंमा आइतबार आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको ८औँ वार्षिक साधारणसभामा बोल्दै रास्वपा शाक्यले पुराना दलहरूले देशमा सिर्जना गरेको बेथितिलाई दुई तिहाइ बहुमत नजिकको अहिलेको सरकारले हटाउन चाहिरहेको बताए ।उनले मुलुकमा सुशासन स्थापना गराउन सरकार र संसदबाट महत्वपूर्ण भूमिका खेलिने बताए ।

सांसद शाक्यले बजारमा पारदर्शिता अभाव रहेको सन्दर्भमा एमआरपी (अधिकतम खुद्रा मूल्य) प्रणाली लागु गर्ने कदमलाई सकारात्मक रहेको समेत बताए।सांसद शाक्यले भने, ‘३५ वर्षको इतिहासमा जति पनि बेथितिहरू थिए, ती बेथितिलाई थितिमा ढाल्ने प्रयास गर्दैछौं । एउटा आजसम्मको नमुना एमआरपी नहुँदाखेरि जुन किसिमको बजारमा अपारदर्शिता थियो त्यो एकखालको बेथिति पनि हो । हामीले यहाँनेर आत्तिनुपर्ने अवस्था छैन ।’

शाक्यले साना तथा मझौला व्यवसायीहरू हराउने वा विस्थापित हुने आशंका केवल भ्रम मात्र भएको भन्दै सरकार तथ्य, अध्ययन र सुझावका आधारमा मात्र नीति निर्माण गर्ने विश्वास व्यक्त गरे ।नेपाल विकासशील देशतर्फ उन्मुख भइरहेको र आर्थिक स्तर उकास्ने दिशामा सरकार गम्भीर रहेको पनि उनले बताए ।साभारः अनलाइनखबर

Related posts

तनहुँ १ मा कांग्रेसको गढ ताेडेका स्वर्णिम वाग्लेको जित सुनिश्चित

MadhesKhabar

रास्वपाले ४ मन्त्रालय पाउने, रवि लामिछाने गृहमन्त्री बन्दै

MadhesKhabar

जसपा मधेसको मात्र नभई देशकै शक्तिशाली पार्टी बन्छ : मन्त्री यादव

MadhesKhabar

Leave a Comment