Madhes Khabar
समाज

कानु युथ वीरगन्जले कलैयाको भवानीपुरमा छोरीको विहेमा गर्‍यो खाद्यान्न सामग्री सहयोग

वीरगन्ज,११वैशाखः कानु युथ वीरगन्ज नामक संस्थाले बाराको कलैया उपमहानगरपालिका–३ भवानीपुरमा आर्थिक रूपमा कमजोर एक परिवारलाई छोरीको विहेका लागि २५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेको छ।

वैशाख १२ गते हिन्दु परम्परा अनुसार विवाह हुने तयारी भइरहेका बेला आर्थिक अभावका कारण समस्या उत्पन्न भएपछि कानु युथ वीरगन्जले चामल २ बोरा, मसुरो २० किलो, चिनी २० किलो, आलु १ बोरा, प्याज २० किलो, रिफाइन तेल १ जार, खानेतेल १ टिन, मैदा २० किलो, बेसन १० किलो, ग्यास २ सिलिन्डर तथा हरियो तरकारी लगायतका सामग्री सहयोग गरेको हो ।

समाजमा रहेका विपन्न तथा असहाय परिवारलाई सहयोग गर्नु संस्थाको मुख्य उद्देश्य रहेको बताउँदै कानु युथका सचिव श्रवण साहले यस्ता कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरे।

सामान सहयोग गर्ने क्रममा कानु युथका अध्यक्ष मनोज साह, सदस्य देवेन्द्र साह कानु, कानु समाज बाराका रमेश साह कानु, अजय साह लगायतको पनि उपस्थिती रहेको थियो।

 

Related posts

बन्द भएको ५० रुपैयाँमै खाना खुवाउने भरपेट भोजनालय फेरि सन्चालनमा आउने

MadhesKhabar

युवा नेता अहमदले बहिनीको स्मृतिमा पर्साको सरकारी विद्यालयमा जडान गरिदिए खानेपानी प्रणाली

MadhesKhabar

लायन्स क्लब वीरगन्जको `मिसन ५००० अभियान´ अन्तर्गत ३७१ जनाको आँखाको निःशुल्क शल्कृया

MadhesKhabar

Leave a Comment