Madhes Khabar
समाज हेडलाइन

युवा नेता अहमदले बहिनीको स्मृतिमा पर्साको सरकारी विद्यालयमा जडान गरिदिए खानेपानी प्रणाली

वीरगन्ज,२साउनःपर्साकाो विन्दवासिनी गाँउपालिका वडा नम्बर ३ इटियाहीमा अवस्थित नेपाल स्काउट आधारभूत विद्यालयमा रजिÞया स्मृति प्रतिष्ठानले खानेपानी प्रणाली जडान गरिदिएको छ ।

घरेलु हिंसाबाट प्रताडित भई ज्यान गुमाएकी रजिया खातुनको स्मृतिमा परिवारजनले परोपकारी कामका लागि स्थापना गरेको रजिया स्मृति प्रतिष्ठानले विद्याालयमा विधार्थी र शिक्षकहरुका लागि खानेपानी प्रणाली जडान गरिदिएको हो ।

स्वर्गीय रजियाका दाजु तथा प्रतिष्ठानका अध्यक्ष एंव जसपाका युवा नेता तबरेज अहमदले आफ्नो निजी खर्चमा विद्यालयमा पानी तान्ने विद्युतीय मोटर,१ हजार लिटरको खानेपानी ट्यांकी र पिउन पानीका लागि ५ वटा धाराहरु जडान गरिदिएका हुन् । त्यसका साथै विद्यालयको शौचालयमा पनि पाइपलाइन विस्तार गरेर ७ वटा धाराहरु जडान गरिदिएको अध्यक्ष अहमदले बतााए ।

विद्यालयमा जडान गरिएको खानेपानी प्रणाली शुक्रबार अध्यक्ष अहमदले उद्घाटन गरेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश चौरसियालाई औपचारिक रुपमा हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक प्रमोद चौरसियाले जानकारी दिए ।

प्रतिष्ठानले विद्यालयमा जडान गरिदिएको खानेपानी प्रणालीबाट विद्यालयमा अध्ययनरत ५ सय विद्यार्थीहरुका साथै शिक्षक–शिक्षिकाहरुपनि लाभान्वित हुने उनले बताए ।

घरेलु हिसांबाट प्रताडित भई ज्यान गुमाएकी बहिनी स्वर्गीय रजियाको नामबाट स्थापना गरिएको रजिया स्मृति प्रतिष्ठानले परिवारजनकै आम्दानीबाट बचत गरिएको रकमबाट विभिन्न सामाजिक कार्यहरु गर्दै आएको प्रतिष्ठानका अध्यक्ष अहमदले बताए ।

त्यसैक्रममा इटियाहीको सामुदायिक विद्यालयका विधार्थी र शिक्षकहरुका लागि स्वच्छ पिउने पानीका लागि आधुनिक खानेपानी प्रणाली जडान गरिदिएको उनले बताए । यसअघि गतवर्ष पनि प्रतिष्ठानका अध्यक्ष अहमदले वीरगन्जका युवा पत्रकार स्व. नरेश सर्राफको स्मृतिमा स्थापित युवा पत्रकारीता पुरस्कारका लागि नगद ५० हजार रुपैयाँ प्रदान गरेका थिए ।

अध्यक्ष अहमदका अनुसार, भारतमा विवाह गरिएिकी रजियाको ९ वर्षपहिले उनका ससुरा घरका परिजवारजनबाट दिइएको शारिरिक र मानसिक यातनाका कारण मृत्यु भएको थियो ।

Related posts

वीरगन्जको रेल्वे रोडबाट चरेस सहित दुइ युवक पक्राउ

MadhesKhabar

त्रिशूली नदीमा बेपत्ता बस र यात्रु भेटिएनन्, खोजि कार्य स्थगित

MadhesKhabar

वीरगन्ज महानगरका घणटघरसहित १० स्थानमा फ्री वाइफाई सेवा सुरु

MadhesKhabar

Leave a Comment