वीरगन्ज, ९ वैशाख : वीरगन्ज महानगरपालिका वडा नम्बर ७ कुम्हालटोलस्थित रेल्वेरोड छेउको पञ्चमुखी हनुमान मन्दिर परिसरमा बुधबारदेखि ‘श्री श्री १०८ श्रीराम महायज्ञ एवं भव्य श्रीराम कथा’ सुरु भएको छ।वैशाख १७ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञको बुधबार महायज्ञको उद्घाटनसँगै पहिलो दिन श्रद्धालुहरूको व्यापक सहभागितामा भव्य कलश यात्रापनि निकालिएको थियो।
महायज्ञ स्थलबाट सुरु भएको कलश यात्रा नगरका विभिन्न भागहरूको परिक्रमा गर्दै घडिअर्वा पोखरीमा पुगेर जल भरेर पुनः नगर परिक्रमा गर्दै महायज्ञस्थलमै पुगेर समापन भएको थियो।
महायज्ञ अवधिभर दैनिक रूपमा पूजा, हवन, श्रीराम कथा वाचन तथा विभिन्न धार्मिक कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जनाएको छ। साथै, देशका विभिन्न स्थानबाट आएका पण्डित तथा वाचकहरूले कथा प्रवचन गर्ने कार्यक्रमपनि छ।
धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक एकता र सद्भाव कायम गर्ने उदेश्यले महायज्ञको आयोजना गरिएको आयोजकले जनाएको छ ।

